-महिला खबर-
चितवन । सञ्चारिका समूह चितवनकी उपाध्यक्ष पत्रकार चाँदनी हमाल पुरस्कृत हुनुभएको छ । पूर्वी चितवनको पर्सा स्थित ग्रेट.एफ.एमले उहाँलाई कदरपत्र सहित पुरस्कार प्रदान गरेको हो ।
स्थानीय विषयलाई राष्ट्रिय स्तरमा उठान गरेर पत्रकारितामार्फत महत्वपूर्ण योगदान दिएको भन्दै सम्मान तथा पुरस्कृत गरिएको एफ.एमका अध्यक्ष बालकृष्ण अर्यालले बताउनुभयो । कार्यक्रमकी प्रमुख अतिथि खैरहनी नगरपालिकाकी उपप्रमुख सुनिता थपलिया र रेडियोका अध्यक्ष बालकृष्ण अर्यालले संयुक्त रुपमा सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको थियो ।
उक्त पुरस्कारको राशी नगद रु ५ हजार रहेको छ । पत्रकार हमाल हाल नागरिक दैनिकमा कार्यरत हुनुहुन्छ ।
Comment Here!