महिला खबर
सुनसरी । साउन २७ गते बेलुका आएको बाढीले १० किलोमिटर बगाउँदा समेत बाँच्न सफल सानुमाया राईलाई अखिल नेपाल महिला संघ इटहरीले सम्मान गरेको छ ।
तीज मनाउन छुट्याएको रकमले सानुमायालाई सम्मान गरेको अनेमसंघ इटहरीले जनाएको छ । अनेमसंघकी केन्द्रीय सदस्य एवं इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले सानुमायामा आत्मविश्वास र निर्भिकता अतुलनीय रहेकोले उहाँको आत्मविश्वास अझ बढाउन सम्मान गरेको बताउनुभयो ।
अनेसमंघ इटहरीले १५ हजार नगद र प्रमाण पत्र सहित सानुमायालाई सम्मान गरेको हो । सानुमाया राई इटहरीको गैरीगाँउदेखि दुहवीसम्म १० किलोमिटर बाढीको भेलमा बग्नुभएको थियो ।
करिब ४ घण्टासम्म बाढीसँग मुकाविला गरेको संघर्षको कथा महिला खबरमा प्रकाशित भएको थियो । सानैमा बाबुको मृत्यू भएकी भोजपुरकी सानुमाया असल शिक्षक बन्न चाहनुहुन्छ । तर उहाँलाई पढाइमा खर्चको समस्या छ ।
हेर्नुहोस् बाढीमा सानुमायाले गरेको संघर्षको कथा
बाढीमा १० किलोमिटर बगेर बाँचेकी सानुमायाको अनुभव
Comment Here!