न्यायका लागि वर्षौं संघर्ष !


‘मैमाथि हिंसा गरि पत्नी पीडित संघ खोल्यो’

प्रकाशित मिति :2017-08-25 16:02:08

२०६७ सालमा एकाएक ‘पत्नी पीडित’ भनेर उसको नामको समाचार आयो । ममाथि नै हिंसा गरी निस्केको मान्छे आफू पत्नी पीडित भएको भनेर महिला अधिकारकर्मी र पत्रकारकोमा गएछ । मिडियाले उसैको समाचार छाप्यो । यसले मलाई पीडा माथि पीडा दिने काम भयो । सञ्चारमाध्यमले बदनाम गरायो । 

-महिला खबर-

काठमाडाै‌ । मेरो नाम देवी पौडेल(ज्ञवाली) हो । २०६२ सालतिर म चितवनको बालकुमारी क्याम्पसमा मास्टर गर्दैथिए । घरमा विवाहको कुरा चल्यो । गुल्मी हसरा–७ बस्ने शंकर ज्ञवालीसँग विहे हुने भयो ।

उनी त्यतिवेला लेखापरिक्षण र अध्यापन पेशामा आवद्ध थिए । बोलीव्यवहार राम्रो, धुम्रपान, मद्यपान नगर्ने अत्यन्तै मिलनसार केटा भन्दै घरपरिवार र आफन्त सबैले केटो लायक छ, भनेपछि म पनि राजी भए । त्यसमाथि केटाले दाइजो समेत चाहिँदैन टिका लगाएर दिए मात्रै पुग्छ भने ।

दुवै परिवारको सहमति र हाम्रो मञ्जुरीमा हिन्दु परम्परा अनुसार २०६२ साल असार २९ गते हाम्रो विवाह भयो । वर(दुलाहा) को घर गुल्मी भएकाले उसले मलाई गैडाकोटी (नवलपरासी) मा रहेकी आफ्नो बहिनीको घरमा भित्रायो । विवाहकै दिन हामी काठमाडौं आयौं ।
विवाह ताका शंकरले म प्रति गरेको व्यवहार देख्दा म दंग थिए । श्रीमानमा हुनुपर्ने सबै गुण थियो वा भनौ मैले खोजेको जस्तै श्रीमान । विवाहपछिको हाम्रो बसाई काठमाडौं भयो ।

हामीले भावी पारिवारिक योजना बनायौं । उहाँको व्यस्तता र मेरो पढाईको कारण सन्तानको जन्मान्तर पनि २ वर्षपछि बनाउने निर्णय ग¥यौं । तर, वर्ष नपुग्दै अनिच्छित गर्भ बस्यो । पढाई भन्दा सन्तान ठूलो ठानेर मैले सन्तान हुर्काउने निर्णय लिए । हाम्रो छोरा भयो । घरपरिवारमा खुशीयाली छायो । म पनि धेरै खुशी थिए ।

तर श्रीमानको व्यवहार परिवर्तनले म दिनप्रतिदिन निरास थिए । विहेकै हप्तादिनपछि उनी साकाहारी र मद्यपान रहित रहेनछ भन्ने थाहा पाए । एउटा श्रीमतीले पाउनुपर्ने साथ र छोराले पाउनुपर्ने बुबाको माया पाएन ।

घरमा समय नदिने, मोवाइलमा व्यस्त रहन थाले । उसको मोवाइलमा आउने म्यासेजहरु एक श्रीमतीले पढ्न नसक्ने खालका हुन्थे । यसले मलाई निकै पीडा दिन्थ्यो, मैले सोध्दा अफिसियल मान्छेको म्यासेज आइहाल्छ नी घरमा बस्नेको के आउँछ भन्थे । ममाथि दुव्र्यवहार बढ्न थाल्यो । दिनहरु वित्दै गए, ममाथि गालीगलौच र हातपात हुन थाल्यो । चोट नलागेको मेरा शरीरका कुनै अंग छैनन् ।

उनी अर्कै महिलासँग लागेको मैले थाहा पाएपछि उसले मलाई विश्वास दिलाउन ठुलै प्रयास गर्न थाले । अफिस गएको वेला फोन गर्ने, फर्किदा खानेकुरा ल्याइदिने, अफिसको म्याडमले दिएको भन्दै विभिन्न गिफ्ट ल्याइदिने गर्थे । श्रीमानले माया गरेपछि श्रीमतीको मन न हो मैले विगतको दुव्र्यवहार विर्से । श्रीमानको व्यहारमा सुधारको अपेक्षा गरे ।

तर त्यो विश्वास टिकेन । मलाई पिट्दै गए । आफ्नो वेइज्जत नहोस् भनेर उ निकै चलाखी गथ्र्यो । कुटेपनि माफी माग्ने, औषधी गर्ने र कहिलेकाही घुमाउन समेत लैजान्थ्यो । बाहिरी हेर्दा श्रीमतीलाई निकै माया गर्दो रहेछ भन्ने भान पाथ्र्यो । घरमा दिनदिनै कुट्थ्यो । यसरी उसले मलाई निकै पीडा दिइरह्यो ।

एक दिन एक जनाले मलाई फोन गरे । उसले मेरो श्रीमानको सम्बन्ध उसको श्रीमतीसंग भएको बतायो । यसो हुँदा पनि मैले केही गर्न नसक्ने बताए । किनकी उ मेरो नियन्त्रण भन्दा निकै पर र उदण्ड हुँदै गएको थियो ।

यही घटनापछि उसले मलाई मानसिक रोगी बनाउन थाल्यो । त्यो मान्छेले उसलाई भेटेरै गाली गरेछ । उल्टै आफ्नो सम्बन्ध नभएको तर मेरो मानसिक सन्तुलन गुमेको भनेछ ।

यसले आफ्नो दुसकर्म लुकाउन मलाई पागल प्रमाणित गर्न लाग्यो । मलाई विभिन्न अस्पताल लिन थाल्यो । डाक्टरले मनोसामाजिक समस्या छैन भन्थे । घर आउँदा फेरी डाक्टरसंग किन कुरा भनिस् भनेर कुट्थ्यो । फेरी अर्को दिन अर्को अस्पताल लैजान्थ्यो ।

यति गर्दा पनि नभएपछि एक दिन उसले मानसिक रोगीलाई खुवाउने औषधी किनेर ल्याएछ । रिल्याक्स हुने औषधी हो । म पनि खान्छु भन्दै मलाई जर्वजस्ती खुवायो । त्यसपछि म अचेत भएछु । दोस्रो दिन १२ बजे मात्र बल्लबल्ल बोल्न सक्ने भए । त्यो दिन छोरालाई दुधँ खुवाउन समेत सकिन । मैले नजिकैको मेडिकलमा त्यो औषधी देखाउदा पो थाहा पाएँ, त्यसको रहस्य ।

उसले सबै किसिमका हर्कत भ्याएपछि विस्तारै घर आउनै छाड्यो । हप्तामा एकचोटी वा पन्ध्र दिनमा लुगा बदल्न मात्रै आउथ्यो । २०६६ सालको अन्तिम महिना देखि भने हामीलाई नै छोडेर हिड्यो । २०६७ सालदेखि छोरालाई पनि लगेर गयो । मबाट छोरा छुटाएर गयो ।

२०६७ सालमा एकाएक ‘पत्नी पीडित’ भनेर उसको नामको समाचार आयो । ममाथि नै हिंसा गरी निस्केको मान्छे आफू पत्नी पीडित भएको भनेर महिला अधिकारकर्मी र पत्रकारकोमा गएछ । मिडियाले उसैको समाचार छाप्यो । यसले मलाई पीडा माथि पीडा दिने काम भयो । सञ्चारमाध्यमले बदनाम गरायो ।

बैद्यखाना प्रहरी चौकी अनामनगरमा उसले श्रीमती पीडित भएको मौखिक उजुरी दिएको रहेछ । मलाई प्रहरीले समातेर चौकीमा लग्यो । मैले सबै कुरा भनेपछि प्रहरीले मिलापत्र गरायो ।

यसपछि त झन उनले ‘पत्नी पीडित संघ’ नै खोल्यो रे भन्नी सुन्नमा आयो । २०६८ सालमा काठमाडौं महानगरपालिकामा सम्बन्ध विच्छेदको मुद्धा दर्ता गरायो । मैले सम्बन्ध विच्छेद गर्ने मानिन ।

काठमाडौं जिल्ला अदालतमा पनि सम्बन्ध विच्छेदको मुद्धा दर्ता गरेछ । मैलेपनि २०६८ सालमा घरेलु हिंसा तथा मानचामल मुद्धा दर्ता गराए । यस मुद्धा उपर २०७० भदौ २ गते जिल्ला अदालतले फैसला गर्दै १ महिना कैद, १० हजार जरिवाना र मानचामलको लागि महिनामा १५ हजार दिने गरायोे ।

मैले कालिमाटी महिला सेल र जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पनि बच्चा पाउँ भनी उजुरी गरँे । उसले मुद्धा दोहा¥याइ पाउँ भनी सर्वोच्चमा २०७० फागुन १ गते मुद्धा हालेछ । २०७२ को मंसिर र चैतमा जनआस्था, रोडम्यापमा पत्नी पीडित मास्टरको अपिल/पत्नीद्धारा पतिमाथि असह्य पीडा शीर्षकमा फेरी समाचार आयो । यसले फेरी मलाई मानसिक तनाव भयो ।

शंकरले २०७२ मा दोस्रो बिहे गरेछ । २०७३ जेठमा मैले फेरि टेकु प्रहरी परिसरमा बहुविवाहको मुद्धा दर्ता गराए । प्रहरीले उसलाई नौ दिन हिरासतमा राख्यो ।

मैले जिल्ला अदालत काठमाडौंमा पनि बहुविवाहको मुद्धा दर्ता गराए । २०७४ साउन २९ गते शंकर र उनको दोस्रो श्रीमतीलाई एक/एक वर्ष कैद, १५/१५ हजार जरिवानाको फैसला गरेको छ । श्रीमानलाई घरेलु हिंसामा थप दुई महिना कैद र २० हजार जरिवाना, छोरालाई मासिक १५ हजार रुपैयाँ दिन फैसला भएको छ । यसको कार्यान्वयन हुन्छ वा हुदैन थाहा छैन ।

१० वर्षमा मैले जेजति यातना, हिंसा र मानसिक याताना सहनु पर्‍यो त्यसको न्याय कुनै पनि अदालतले मलाई दिन सक्दैन । मेरो दुधे बालक छोरालाई मबाट अलग गरियो । मेरो कुरा कतै सुनिएन, प्रहरी, अदालत मुद्धा दर्ता गर्ने मैले लामै संघर्ष गर्नुप¥यो । मेरो लडाई मेरो श्रीमानसंग मात्र थिएन । राज्यसंग पनि थियो । उ र राज्य एकतर्फ म एकतर्फ भएर लडिरहे । संघर्ष गरिरहे ।

प्रस्तुतीः खेमा बस्नेत

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: