एलिनाको जीवनरक्षाको अपिल


प्रकाशित मिति :2017-08-25 15:52:43

-दीपबहादुर घर्ती-

जाजरकोट । कुशे गाउँपालिका–७ नारेकी १४ बर्षिया रक्त क्यान्सर पीडित एलिना हमालले उपचारका लागि सहयोगको याचना गरेकी छन् ।

सिभिल अस्पताल काठमाडौंमा उपचार गराइरहेका उनको गत बैशाखमा वीर अस्पतालले रोग पत्ता लगाएपछि सिभिलमा उपचार गराउन थालेको हो । तर आर्थिक अभावका कारण उपचारमा समस्या भएको बुबा दीपक हमालले बताए ।

विरेन्द्र माध्यामिक विद्यालयमा कक्षा–८ मा अध्ययनरत एलिना पढाईमा अब्बल छन्् । कक्षा–८ को परिक्षा दिदै गर्दा एलिनालाई ज्वरो आउने, खुट्टाका पिडौला फर्किने, खोकी लाग्ने, झन्नन् रिसाउने जस्ता लक्षण देखा परेपछि गत बैशाखमा नेपालगञ्जको जयमा जानकी अस्पताल पुर्याईएको थियो ।

सोही अस्पतालको रिफरमा वीर अस्पताल ल्याएको र वीरको रिफरमा सिभिल अस्पताल बानेश्वरमा भर्ना गराएको बुबा दिपकले बताए । छोरीको रोग पत्ता लगाउन मात्रै झण्डै दुई लाख रुपैया खर्च भएको उनले बताए ।

रोगवाट पुर्ण रुपमा साँञ्चो गराउन दुई बर्ष लाग्ने र त्यसका लागि १६ लाख रुपैया खर्च लाग्ने डाक्टरले बताएको बुबा दिपकले बताए । सरकारवाट उपलब्ध गराईने “बिपन्न नागरिक कोष” बाट प्राप्त एक लाख सहित ६ लाख रुपैया खर्च भैसकेको उनले बताए । ‘६ लाख खर्च भैसक्यो अब कसरी खर्च जुटाउने, दीपकले भने,–‘झिटीझ्म्टो सबै सकियो, अब कसरी उपचार गर्ने ।’

घरमा सम्पतिका नाममा एक हल गोरु र एक भैसी मात्र भएका दिपक हमाल छोरीको उपचारमा लाग्ने खर्च जुटाउन ऋण माग्दै सबैको घरदैलो धाउने गरेका छन् । जग्गा बेचौं भनेपनि गाउँको जग्गा विक्री नहुने उनले बताए । दीपकका ४ छोरी र एक छोरा छन् ।

उपचारमा संलग्न डा. विशेष पौडेलले एलिनालाई बेला–बेलामा किमो चलाउनु पर्ने, बोनम्यारो चेक गरिरहनु पर्ने बताएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: