महिला खबर
काठमाडौं । सप्तरीमा शुक्रबार राति विषालु सर्पले डस्दा एक महिलाको मृत्यु भएको छ ।
सुरुङगा नगरपालिका–५ की ५५ वर्षीया सुगवतीदेवी यादवलाई सर्पले डस्दा मृत्यु भएको हो । राति शौच गर्न बाहिर निस्केकी यादवलाई आफ्नै घरको आँगनमा लुकेर बसेको विषालु सर्पले डसेको थियो ।
यादवलाई उपचारका लागि राहु स्मारक अस्पताल लहानमा भर्ना गरिएको थियो । यादवको उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कडोरवनाले जनाएको छ ।
Comment Here!