रिलेशन तीज उत्सवमा ३ नारी सम्मानित


प्रकाशित मिति :2017-08-26 13:22:49

महिला खबर

रत्ननगर । पुर्वी चितवनको मुटु सौराहाचोकमा रहेको रिलेशन एफएम ८८ मेगाहर्जले नारीहरुको पर्व तीजको अवसरमा बृहत साँगितिक कार्यक्रम गरेको छ ।

माडि ज्वेलर्स रिलेशन तीज उत्सव २०७४ु नाम दिइएको सो कार्यक्रममा चर्चित राष्टिय कलाकारहरु कोमल वलि, लक्ष्मी गौतम, साहिमा श्रेष्ठ, रोमा न्यौपाने, मञ्जु घिमिरे लगायतले रमाइलो प्रस्तुति दिए ।

पछिल्लो समय राजनितिमा समेत क्रियाशिल गायिका कोमल वलिको गायन र उर्जापुर्ण प्रस्तुतिमा दर्शक मज्जैले झुमे । झरना थापा सहित स्टेज उक्लेका नायक सलिनमान बाँनिया, सलोन बस्नेत, नायिका साम्राज्ञिराज्य लक्ष्मी लगायतलाई दर्शकले बेजोड साथ दिए ।

कार्यक्रमले तीजको गरिमा जोगाउन सफल भएको प्रमुख अतिथि रत्ननगर नगरपालिकाका उपप्रमुख बिमला दुवाडिको भनाई छ । उनले सञ्चारमाध्यमले यसरी संस्कृति जोगाउनतर्फ ध्यान दिनु खुशीको कुरा रहेको बताउदै आधुनिकताको नाममा तीजको महत्व हराउदै गएकोप्रति दुख ब्यक्त गरिन् । कार्यक्रममा बोल्ने अधिकांशले तीजलाई तडकभडक नगरि संस्कृतिको संरक्षण गर्दै मनाउनुपर्नेमा जोड दिएका थिए ।

३ जनालाई नारी सम्मान

तीजको अवसरमा एफएमले जिल्लामा समाज परिवर्तनमा योगदान पुर्याएको भन्दै ३ जनालाईरिलेशन नारी सम्मान २०७४ु ले सम्मान गरेको छ । शिक्षा क्षेत्रमा लामो समयदेखि अनवरत सेवारत रमा घिमिरे, समाजिक, महिला तथा बालबालिकाको क्षेत्रमा क्रियाशील संगिता भट्टराई र पत्रकारितामार्फत समाज परिवर्तनमा भुमिका खेलेका सिर्जना अर्याललाई सम्मान गरेका हुन । उनीहरुलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: