वेचिएकी चेलीकाे ग्राहकले गरे उद्धार


प्रकाशित मिति :2017-08-27 10:43:29

 –रमेश खतिवडा-

दोलखा – वैवाहिक घरजम गरेर सुन्दर भविष्य बनाउने सपनाको प्रलोभनमा परी दुई वर्ष अघि गाउँकै नजिककी भाउजुले चिनाइदिएको एउटा युवकसँग भागेकी उनी भारतको नयाँ दिल्ली स्थित कोठीमा पुगिन्।

दिल्लीमा आफ्नी दिदीसँग मिलेर व्यापार गरिरहेको र उतै घरजम गर्ने भनेर ति युवाको साथमा नेपालगञ्ज हुँदै दिल्लीमा पुर्‍याइएकी ति किशोरीले पुगेको दिन त विश्वास नै गरिन् । श्रीमान आफू सँगै बसे, मिठा मिठा कुराकानी गरे । भोलीपल्ट बिहान ति युवक लापत्ता भए । जब युवक भागेको र कोठी सञ्चालक मार्फत आफू बेचिएको चाल पाइन उनी छांगाबाट खसे झै भइन् । रोइन कराइन, चिच्याईन, तर साहरा दिने कोही थिएन । उनको नरकीय जिवन सुरु भयो ।

 छाँगाबाट खसे झैं भइन उनी । रोइन, कराइन चिच्याइन तर सुनिदिने कोही थिएन । अब उनले वेश्यालयमा आउने ग्राहक सँग सुत्नु बाहेक उनी संग केही उपाय थिएन । 

नाताले भाउजु पर्ने गाउँकै सिता नेपालीसँग उनको खुब आउजाउ भइरहन्थ्यो । नुवाकोट माइती भएकी वैत्येश्वर गाउँपालिकाकी सिता सँग माइती गाउँकै एक युवा निरकुमार नेपाली २०७२ जेठमा सम्पर्कमा आए । दुई बीच कुराकानी र सम्बन्धका क्रममा केटी मिलाइदिन निरकुमारले सितालाई आग्रह गरे । केटीको दलाली गर्ने निरकुमार भूकम्पको विपत्तीको फाइदा उठाउन खोज्दै थिए ।

सिताको नजरमा नाताले नन्द पर्ने र आफूसँग उठबस रहेकी गाउँकै तिनै किशोरी परिन । भूकम्पले घर भत्किएको र परिवारको समेत आयस्रोत डामाडोल बन्दै गएका कारण बिच्छिप्त थिइन उनी ।

२०७२ जेठमा दुई पटक सदरमुकाम चरिकोट ल्याएर निरकुमारसँग भेटाइदिइन पनि । उनिहरू नजिकिदै गए । ति किशोरी निरकुमारसँग विवाह गर्न र घरजम गर्न राजी भइन् । भारतको नयाँ दिल्लीमा व्यवसाय गरिरहेको बताएका निरकुमारसँग सुन्दर भविष्यको सपना बुनेर दिल्ली जान तयार भइन उनी ।

२०७२ साउन ३ गते उनिहरू काठमाडाँैका लागि गाडी चढे । सिता गाउँ फर्किइन । त्यस दिन कलंकीमा बास बसेका उनिहरू भोली पल्ट माइक्रो चढेर नेपालगञ्ज हान्निए । जसोतसो श्रीमान श्रीमती बनेर सिमा पार गराए ।

रुपेडियाबाट गाडी चढेर उनिहरू त्यही दिन बेलुका दिल्ली पुगे । दिल्लीमा पुगेर निरकुमारले एक महिलासँग चिनजान गरायो । नेपाली समेत बोल्ने ति महिलालाई आफ्नो दिदी भनेर सम्बोधन गरयो।

त्यस रात उनिहरू सगैं बसे । भोलीपल्ट भिनाजु भेटेर आउँछु भनेर निस्किएका उनी दिउँसोसम्म नफर्किएपछि किशोरीको मनमा चिसो पस्यो । उनले सोधखोज गरिन् । दिदी भनेर सम्बोधन गरिएकी महिला कोठी सञ्चालिका थिइन् । जसले उनी वेश्यालयमा बेचिएको सुनाइन । निरकुमारले उनलाई १ लाख ३५ हजारमा बेचेको चाल पाइन । छाँगाबाट खसे झैं भइन उनी । रोइन, कराइन चिच्याइन तर सुनिदिने कोही थिएन । अब उनले वेश्यालयमा आउने ग्राहक सँग सुत्नु बाहेक उनी संग केही उपाय थिएन ।

दिन हप्ता महिना बित्यो । ग्राहकसँग आफ्नो शरीर सुम्पिएर नरक जीवन भाेग्न विवश भइन उनी । कहिलेकाँही जीवनमा आफ्नो शरीर किन्न आएका त्यस्ता ग्राहक पनि भगवान बनेर बनेर आउँछन भन्ने के थाहा ?

वेश्यालयमा नियमित ग्राहक बनेर आउने एक भारतीय युवक उनीसँग लोभिए । बिस्तारै ति युवक सँग नजिकिन पुगिन उनी । ति युवक पनि किशोरी सँगको प्रेम जालमा फस्दै गए । एक दिन भारतीय मोबाइल र सिम ल्याइदिन आग्रह गरिन उनले । युवकले दुवै ल्याइदिए । युवकसँग वेश्यालयकै कोठामा बसेर घरमा अभिभावकलाई सम्पर्क गरेर आफू बेचिएको थाहा दिइन्।

युवक दिन प्रतिदिन नजिकिदै गए । एक दिन ति युवकलाई आफूलाई भगाउन आग्रह गरिन । वेश्यालयको कोठा भित्र बसिरहेको बाहना देखाएर कोठा अगाडि रहेको पिपलको रुखको हांगामा समाउन लगाई ति युवकले उनलाई वेश्यालय बाहिर निकाले ।

बाहिर पट्टीबाट दुवै सडकमा निस्के । उनलाई जसरी पनि त्यो युवकबाट समेत फुत्कीनु थियो । त्यसका लागि उपाय रचिन । आफ्ना लागि केही सामान किनिदिन आग्रह गरिन् । त्यही बीचबाट झुक्याएर उनी भारतिय प्रहरी संगको सम्पर्कमा पुगिन् । मजनुकातिला भन्ने स्थान नजिक रहेको प्रहरीले उनलाई संरक्षण दिए ।

नेपालबाट अभिभावक आए, उनका परिचय खुल्ने कागजपत्र देखाए ।  तर १८ वर्ष उमेर नपुगेको भन्दै प्रहरीले उनलाई बाल संरक्षण केन्द्रमा पठायो । ४ महिना बाल संरक्षण केन्द्रमा बसिन । १८ वर्ष पुगेको प्रमाण जुटेपछि २०७३ जेठमा भारत स्थित नेपाली दुतावासको सहयोगमा नेपाल फर्किइन उनी ।

नेपाल आए लगतै जिल्ला प्रहरीमा परिवारले उजुरी दिए । आफूलाई भगाउने भाउजु सितालाई प्रहरीले तत्कालै पक्राउ ग¥यो । निरकुमार फरार रहेका कारण सिता विरुद्ध मात्र प्रहरीले मुद्दा दर्ता गर्‍यो । पुर्पक्षका लागी अदालतले सितालाई थुनामा पठाइदियो भने किशोरी माइती नेपालको आश्रयमा बिराटनगरमा बस्न थालिन ।

यही बीचमा जिल्लामा प्रहरी प्रमुखको रुपमा डिएसपी रामेश्वर कार्की सरुवा भएर आए । उनले आउने बितिकै कार्यालयमा रहेका पुराना फाइलहरू पल्टाउन शुरु गरे । दश वर्ष देखि अभियुक्त पक्राउ नपरेका र फरार रहेका घटनाहरुमा धमाधम सफलता पाउँदै गए ।

एक दिन चेलीबेटी बेचबिखनको यही मुद्दाको फाइलमा उनको आँखा प¥यो । मुख्य अभियुक्त फरार रहेकाले उनको खोजीमा आफैँ लागिपरे । मुख्य अभियुक्त निरकुमार काठमाडौँ स्थित महाराजगञ्जमा बस्ने गरेको खुल्यो । महाराजगञ्ज प्रहरी वृत्तको सहयोग लिएर उनलाई पक्राउ गरे ।

शनिबार निरकुमारलाई सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा कार्कीले घटनामा उनिहरूको सहयोगीका रुपमा अझै तीन जना संलग्न रहेको सुनाए । ‘काठमाडौँबाट नेपालगत्तज सम्म पुर्‍याउन र त्यहाँबाट सिमा पार गराउने काममा अझै तीन जना संलग्न छन्’ उनले भने । फरारहरूको खोजी कार्य भइरहेको कार्कीले सुनाए ।

साभार : नागरिक दैनिक

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: