युवती बिक्री गरेको अभियोगमा एक पक्राउ


प्रकाशित मिति :2017-08-27 14:42:03

-सर्मिला बुढाथोकी-

दोलखा । दोलखाको एक युवतीलाई भारतको नयाँ दिल्ली स्थित मजनुकातिलामा बिक्री गरको अभियोगमा नुवाकोट जिल्ला खरानिटार वडा नम्बर ५ का निरकुमार नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । नेपालीलाई प्रहरीले उजुरी परेको दुई वर्ष पछि पक्राउ गरेको हो ।

अभियुक्त निरकुमार नेपाली पक्राउ पश्चात प्रहरि कार्यालयमा

अभियुक्त निरकुमारले २०७२ साल साउन ३ गते दोलखाको बैतेश्वर गाउँपालिकाकी १८ वर्षीया युवतीलाई बिहे गरी काठमाडौँमा राख्छु भन्दै प्रलोभनमा पारी भारतमा लगेर बिक्री गरेका थिए । नाताले दिदी पर्ने सीता नेपालीको सहयोगमा उनले युवतीको विवाह गरेको प्रहरीले जनाएको छ ।

निरकुमारले युवतीलाई नेपाली भाषी लक्ष्मी तमाङलाई १ लाख ३५ हजार भारुमा बिक्री गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताउनु भयो ।

पीडित युवती २०७३ साल जेठ २० गते भारत स्थित नेपाली राजदुतावासको सहयोगमा नेपाल फर्केपछि रितपूर्वक जाहेरी परेको थियो । प्राप्त जाहेरीको आधारमा प्रहरीले सीता नेपालीलाई तत्काल पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो । अभियुक्त सीता नेपाली अहिले पुर्पक्षको लागि थुनामा रहेको प्रहरीले जनाएको छ ।

निरकुमार नेपालीलाई काठमाडौँको महाराजगञ्ज प्रहरी टोलीले पक्राउ गरी शुक्रबार जिल्ला प्रहरी कार्यालय दोलखालाई बुझाए पछि थप अनुसन्धन सुरु गरिएकोे प्रहरी नायव उपरीक्षक कार्कीले बताउनु भयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: