सञ्चारिकाको २१ औं साधारणसभा आज


प्रकाशित मिति :2017-08-28 10:15:23

महिला खबर

काठमाडौं । नेपाली पत्रकार महिलाहरुको छाता संगठन सञ्चारिका समूहको २१ औं साधारणसभा आज हुँदैछ ।

सञ्चारिका कार्यालय ललितपुरमा आज दिउँसो हुने वार्षिक साधारणसभामा संस्थाको संगठानिक, आर्थिक तथा वार्षिक गतिविधिबारे छलफल र भावी योजना तर्जुमा गरिनेछ ।

सो अवसरमा सञ्चारिकाले हरेक वर्ष प्रदान गरिदै आएको विभिन्न विधाका पुरस्कारबाट चार जना पत्रकार महिलालाई पुरस्कृत गर्ने महासचिव कमला पन्थीले बताउनुभएको छ ।

समूहद्वारा स्थापित ‘सञ्चारिका समानता पुरस्कार २०७३’ बाट पत्रकार सृर्जना श्रेष्ठ, ‘स्व. उमा सिंह पत्रकारिता पुरस्कार २०७३’ पत्रकार रेणु चौधरी, र ‘सञ्चारिका प्रोत्साहन पुरस्कार २०७३’ पत्रकार निराशी थामी र रुमु न्यौपानेलाई प्रदान गर्ने निर्णय भएको सञ्चारिकाले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: