६ वर्षको संघर्षपछि आमाको नामबाट नागरिकता !


प्रकाशित मिति :2017-08-28 11:56:47

शान्ता कमली

लमजुङ | छोरी प्रमिलाले नागरिकता पाउँदा आमा भगरानी परियार छेऊमा बसेर आँशु झारीरहेकी थिईन । छोरी गर्भमा रहेको ३ महिनामानै श्रीमान बेपत्ता भएपछि उनले धेरै संघर्ष गरीन जिन्दगीमा ।

उनको संघर्षको एउटा पाटो त कहालीलाग्दो थियोनै त्योे भन्दा झनै दुःख उनले छोरीलाई नागरिकता दिलाउँदामा पाईन । लमजुङको राईनास नगरपालिका ८, तार्कुघाटकी भगरानी परियारलाई आईतबार जिन्दगीको सबैभन्दा खुशीको क्षण थियो, छोरीले आफ्नै नाउँबाट नागरिकता पाउँदाको ।

धेरै पटक नागरिकताका लागि धाएँ, भगरानीले भनिन्, ‘नागरिकताका लागि बाबुनै चाहिने भनेर मलाई पटक पटक फर्काइयो ।’ उनी कहिले वडा कार्यालय धाउँथिईन, कहिले जिल्ला प्रशासनमा । तर, उनी जहिल्यै पनि खाली हात फर्कन बाध्य थिईन् ।

उनले चिनेजानेका गाउँका सबैलाई नागरिकता दिलाउन आग्रह गरीन् तर उनले ६ वर्षसम्म नागरिकता पाउन सकिनन् । उनलाई ती संघर्षका दिन सजिला थिएनन् । छोरी सानी हुँदा त उनले जेनतेन चलाईन । तर, जब छोरी हुर्किईन तब उनले निकै समस्या भोग्नुप¥यो । ‘छोरी जहाँ जहाँ जागिरको खोजीका लागि जान्थि त्यहाँ त्यहाँ उसलाई नागरिकता आबश्यक पथ्र्यो, उनले बिगतमा भोग्नुपरेका दुःखका क्षणहरु सुनाउनु पर्दा आँखाबाट आँशुका धाराहरु झरीरहेका थिए ।

कक्षा १२ उत्र्तिर्ण भएकी प्रमिला आईतबार जिल्ला प्रशासन कार्यलयमा भेटिएकी थिइन् । हातमा नागरिकता लिएर प्रमिला परियार खुशीले निकै गदगद थिईन् । आर्थिक रुपमा निकै कमजोर रहेकी उनले नागरिकता नपाएकै कारण पटक पटक रोजगारको अबसरबाट बञ्चित हुनुप¥यो । ‘आफुलाई जन्मदिने आमाको नाउँबाट नागरिकता निकाल्छु भन्दा पनि हामीले यति ठलो संघर्ष गनुपर्ने ?’ प्रमिलाको यो प्रश्नले राज्य ब्यवस्थालाई गिज्याईरहेको भान हुन्थ्यो ।

नेपाली नागरिक भएर पनि अनागरिक भएर बस्नुपर्दाको र्ददानक पीडा पोलीरहन्थ्यो उनलाई । हातमा नागरिकता परेपछि प्रमिलालाई अब जिन्दगीमा के गरेर देखाउँछु भन्ने लागेको छ । ‘मेरो उन्नती र प्रगतिमा जहिले पनि नागरिकतानै बाधक बन्थ्यो उनले भनिन्, ‘ अब केही गरेर समुदायमा देखाउनेछु ।’

प्रमिलालाई नागरिता दिलाउन लागिरपरेकी समाजसेवी महिला नेतृ बिष्णुमायाँ धिताल ‘महिलालाई राज्यले हेर्ने दृष्टीकोण देखेर निकै निराश थिईन । प्रमिलालाई नागरिकता दिलाईदिने मेरो प्रयास बल्ल सफल उनले भनिन् ।

सबै नियम र प्रक्रिया पुगेपछि प्रमिलाले नागरिकता पाएकी हुन, प्रमुख जिल्ला अधिकारी यूवराज मैनालीले भने, ‘सबै प्रक्रिया पु¥याउने जोकोहीलाई पनि हामी सजिलौ नागरिकता दिन्छौं ।’ प्रमिलालाई नागरिकता बनाउन राईनास नगरपालिकाका मेयर सिहंबहादुर थापा, महिला नेतृ बिष्णुमायाँ धिताल लगायतले पहल गरेका थिए ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: