होटलमा मजदुरी गर्दै आएका बालबालिकाको उद्धार


प्रकाशित मिति :2017-08-28 13:05:18

सर्मिला बुढाथोकी

दोलखा । दोलखा सदरमुकाम चरिकोटको एक होटलमा काम गर्दै आएका पाँच जना बालबालिकालाई जिल्ला बाल कल्याण समितिको पहलमा जिल्ला प्रहरी कार्यालय दोलखाले उद्धार गरेको छ ।

सिविन नेपाल र अन्य सरोकारवालाहरुको सहयोगमा दोलखा सदरमुकाम चरिकोट स्थित रेशिका होटलमा काम गदै आएका दुई जना बालिका र तीन बालकको उद्धार गरिएको जिल्ला बाल कल्याण समिति दोलखाका सुचना व्यवस्थापक शान्ती खड्काले जानकारी दिनुभयो ।

जिल्ला बाल कल्याण समिति दोलखाका सुचना व्यवस्थापक खड्काका अनुसार उद्धार गरिएका बालबालिकालाई अभिभावको जिम्मा लगाईने छ । अभिभावकलाई बुझाउन नसकिने अवस्थाको बालबालिकालाई भने जिल्ला बाल कल्यण समिति दोलखाले पढ्ने व्यवस्था गरिदिने जनाएको छ ।

जिल्ला बाल कल्याण समितिले जिल्लामा १८ वर्ष मुनीका बालबालिकालाई श्र्रममा प्रयोग नगर्न पटक पटक पत्रचार गरेको उल्लेख गर्नुहुदै जर्वजस्ती बालबालिकालाई श्रममा प्रयोग गर्नेलाई कानुनी प्रक्रिया अनुसार कारबाही गर्ने तयारी भएको खड्काले बताउनु भयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: