‘पत्रकार महिलाको हकहितका लागि विशेष कार्यक्रम गर्छौं’– अध्यक्ष आचार्य


चार पत्रकार महिला पुरस्कृत

प्रकाशित मिति :2017-08-28 16:25:15

-महिला खबर-

ललितपुर १२ भदौ । नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्यले महासंघले पत्रकार महिलाका दक्षता अभिवृद्धि र हकहितका लागि विशेष कार्यक्रम गर्ने बताउनुभएको छ ।

 सोमबार सञ्चारिका समूहको २१ औं साधारणसभाको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले महासंघले समाचार कक्षलाई समावेशी बनाउन र सञ्चार क्षेत्रको नीति निर्माण तहमा महिलाको समावेशी सहभागिताको लागि महासंघले विशेष कार्यक्रम गर्ने बताउनुभएको हो । ‘पत्रकार महिलाका हक हितको लागि महासंघले विशेष कार्यक्रम बनाउने तयारी गरेको छ’ अध्यक्ष आचार्यले भन्नुभयो –’सञ्चारिका समूहले तय गरेका पत्रकार महिलाका दक्षता अभिवृद्धि गर्ने कार्यक्रम पनि महासंघले समन्वय गरेर अगाडि बढ्छ ।’

त्यसैगरी कार्यक्रममा पत्रकार महासंघका निवर्तमान अध्यक्ष डा. महेन्द्र विष्टले पत्रकार महिलाका संख्या पत्रकारितामा बढ्दै गएको बताउँदै अबको चुनौती पत्रकार महिलाका गुणात्मक अभिवृद्धि गर्नु रहेको बताउनुभयो ।

उहाँले पत्रकारितामा अवसरसँगै चुनौती पनि रहेको जनाउँदै पत्रकार महिलाले पेशालाई निरन्तरता नदिने समस्या पनि रहेको पनि बताउनुभएको थियो । उहाँले थप्नुभयो – अहिले पत्रकार महिलालाई सञ्चार क्षेत्रमा टिकाउन श्रमजीवि पत्रकार ऐन कार्यान्वयनको आवश्यकता छ ।’

सोही अवसरमा सञ्चारिका समूहकी पूर्व अध्यक्ष तथा सल्लाहकार बबिता बस्नेतले पत्रकार महिला फरक भूमिकामा रहेकोले चुनौतीलाई सामना गर्दै आफूलाई स्थापित गर्न आवश्यक रहेको बताउनुभएको थियो । उहाँले पत्रकार महिला सार्वजनिक भूमिकामा रहेकोले आफूलाई कहिल्यै कमजोर नठान्न पनि पत्रकार महिलालाई सुझाव दिनुभयो ।

साधारण सभामा सञ्चारिका समूहकी संस्थापक अमृता लम्सालले पत्रकार महिलालाई आफ्नो क्षमताको सदुपयोग गरी आफ्नो क्षेत्रमा अब्बल बन्न सुझाउनुभएको थियो ।

कार्यक्रममा पत्रकारितामा क्रियाशिल पत्रकारहरुलाई पुरस्कार पनि वितरणको साथै पत्रकार महासंघमा नवनिर्वाचित अध्यक्ष र महिला पदाधिकारी, सदस्यलाई सम्मान गरिएको थियो । त्यसैगरि, गोरखापत्र संस्थानको निमित्त महाप्रवन्धक नियुक्त हुनुभएकोमा सञ्चारिका समूहकी सल्लाहकार हरिकला अधिकारीलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा पुरस्कार पाउनेहरुको तर्फबाट सिर्जना श्रेष्ठ र रेणु चौधरीले आफ्नो भनाई राख्नुभएको थियो । सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्माको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा संस्थाकी उपाध्यक्ष नितु पण्डितले सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

चार पत्रकार महिला पुरस्कृत

ललितपुर । सञ्चारिका समूहको २१ औं साधारण सभाको अवसरमा चार जना पत्रकार महिला पुरस्कृत भएका छन् ।

समूहले हरेक वर्ष प्रदान गर्दै आएको सञ्चारिका समानता पुरस्कार २०७३ बाट नेपाली टाइम्स साप्ताहिककी पत्रकार सिर्जना श्रेष्ठ र स्व. उमा सिहं पत्रकारिता पुरस्कारबाट बाराको रेडियो संस्कारमा कार्यरत पत्रकार रेणु चौधरी पुरस्कृत हुनुभएको हो ।

समानता पुरस्कार श्रेष्ठले २०७३ असार १० गते नेपाली टाइम्स पत्रिकामा लेख्नुभएको ‘हर सेकेण्ड मनसुन’ शिर्षकको फिचरको लागि प्रदान गरिएको हो । पुरस्कारको राशी १५ हजार रुपैयाँ रहेको छ । त्यसैगरी स्व. उमा सिंह पत्रकारिता पुरस्कार तराईमा रहेर पत्रकारितामा क्रियाशिल भएकोले चौधरीलाई प्रदान गरिएको समूहले जनाएको छ । पुरस्कारको राशी ७ हजार १११ रुपैयाँ रहेको छ ।

त्यसैगरि सञ्चारिका समानता पुरस्कारबाट दोलखा जिल्लाबाट बीबीसी नेपाली सेवामा कार्यरत पत्रकार निराशी थामी र बाह्रखरी अनलाईनमा कार्यरत पत्रकार रुमु न्यौपाने पुरस्कृत हुनुभएको छ । पत्रकारितामा लागेको छोटो समयमा नै पत्रकारितामा प्रभावकारी काम गरेको हुनाले थप प्रोत्साहनको लागि उक्त पुरस्कार प्रदान गरिएको सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्माले जानकारी दिनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: