सञ्चारिकाद्वारा अक्षयकोष स्थापना


प्रकाशित मिति :2017-08-28 16:51:19

-महिला खबर-

 ललितपुर । सञ्चारिका समूहले पत्रकार महिलालाई पत्रकारिता क्षेत्रमा थप प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गर्नको लागि अक्षय कोषको स्थापना गर्ने भएको छ ।

संचारिकाको सोमबार ललितपुरमा सम्पन्न २१ औं साधारणसभाले यस्तो प्रस्ताव गरेको हो । साधारणसभाकै अवसरमा समूहकी साधारण सदस्य सुनिता गुरुङले कोषका लागि ५ हजार रुपैयाँ प्रदान गर्नुभएको छ ।

त्यसैगरी पूर्व अध्यक्ष तथा सल्लाहकार बबिता बस्नेत, सल्लाहकारहरु धना लामा, दीपा गौतम, अमृता लम्साल, सरिता अर्याल, समूहकी सचिव विमला तुम्खेवा र साधारण सदस्य सीतादेवी देवकोटाले एक/एक हजार रुपैयाँ प्रदान गर्नुभएको छ ।

त्यस्तै मंगलबार संचारिकाकी अध्यक्ष निर्मला शर्माले ५ हजार र सदस्य सिमा शर्माले एक हजार रुपैयाँ कोषमा थप सहयोग गर्नुभएको छ । समूहका सदस्यहरुबाटै शुरु गरिएको अक्षयकोषको रकम कम्तिमा ३ लाख रुपैयाँ पु¥याउने लक्ष्य राखिएको संस्थाकी कोषाध्यक्ष यशोदा अधिकारीले बताउनुभयो ।

कोषबाट प्राप्त व्याजले संचारिकाले हरेक बर्ष प्रदान गर्दै आएको पुरस्कारको राशी पढाउदै जाने जनाएको छ । अक्षयकोषका लागि सहयोग गर्न सञ्चारिकाले आफ्ना सदस्य तथा देशभरका पत्रकारहरुलाई आहवान गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: