‘होस्, अब नजन्माउने’


२५ वर्षमा ५ छोरी

प्रकाशित मिति :2017-08-29 11:23:38

-दीपक परियार-

भाद्र १३, २०७४( होचो कद, पातलो ज्यान, थोत्रा लुगा । काखमा ५ महिनाकी छोरी । मलिन अनुहार । खोलाले डुबाएर बगर बनाएको गाउँबाट २ घण्टा हिँडेर माडी अयोध्यापुरीको बगई आइपुगेकी सम्झना चेपाङ श्रेष्ठ शनिबार राहत लिने लाइनमा भेटिइन् । राहत दिनेले चर्को स्वरमा पति इन्द्रको नाम लिएपछि भने उनको मुहार एकाएक उजेलियो । दुई हातले काखमा लिइरहेको बच्चा फरक्क पछाडि फर्काइन् र पछयौराले बाँधिन् । राहत दिनेले ३० केजी चामल, नुन, तेल र दालको बोरा उनका काँधमा थमाइदिए । कसैले सोध्यो, ‘बोक्न सक्छयौ रु’ मसिनो स्वरमा उनले भनिन्, ‘सक्छु, किन नसक्नु ।’ पिठयूँमा छोरी, काँधमा राहत बोकेर २ घण्टाको पैदल यात्रा गर्न उनले पाइला लम्काइन् ।

चितवनको माडी कुसुमखोलाकी बाढीपीडित सम्झना चेपाङ श्रेष्ठ ५ महिने छोरीसँगै राहत बोकेर घर फर्कंदै ।

माडीको कुसुमखोलाका १ सय ६० घरधुरीबाट राहत लिन आएका सँगै जाने भनेपछि उनले छेवैको चौतारोमा एकछिन भारी बिसाइन् । पिठयूँकी छोरी फेरि फरक्क अगाडि फर्काएर काखमा लिइन् । ५ महिनाकी सुत्केरीलाई बच्चासित त्यति गह्रौं भारी बोकेर २–२ घण्टाको बाटो हिँड्न उनलाई घरकाले नै किन पठाएका होलान् रु ‘बूढा काममा गा’छन्, छोरीहरू सानै छन्,’ चौतारीमा बसेकी उनले भनिन् । उनी सासूससुरासँग छुट्टिएर पति र ५ छोरीसँग बस्दै आएकी रहिछन् । ससुरा पनि पोखरा पर्यटन परिषद्ले बाँडेको राहत लिन बगई आइपुगेका थिए ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा सुकुम्बासी जीवन र चरम गरिबी झेलेर ५–५ सन्तान जन्माउन उनलाई पनि कहाँ रहर हुँदो हो र † छोरा जन्माउने आशामा ५ छोरी जन्मेको उनले बताइन् । १५ वर्षमै भागी बिहे भयो । त्यतिखेर उनका पति चितवनकै कोराकमा बस्थे, जहाँ उनकी दिदीको घर थियो । सम्झनाको घर मकवानपुरको लोथरमा थियो । दिदी भेट्न उनी कोराक गइरहन्थिन् । त्यही बेला हो उनको भेट १६ वर्षीय इन्द्रसँग भएको । ३–४ पटकको भेटपछि दुवैको माया बस्यो । दुवै परिवार गरिब थिए । त्यतिबेला उनीहरूसँग मोबाइल हुने कुरै थिएन । कहिले सम्झना इन्द्रलाई भेट्न हिँडेरै कोराक पुग्थिन् । कहिले इन्द्र सम्झनालाई भेट्न लोथर पुग्थे । त्यस्तै ३ घण्टाको दूरी थियो दुई घरबीच । दुवैले भागेर विवाह गरे । परिवारबाट कुनै अवरोध भएन ।

‘उसले पनि मन परायो, मैले पनि मन पराएँ, अनि के गर्ने रु’ उनले सम्झिइन्, ‘मन परापर गरेपछि कसैले रोकेन ।’ बिहे गरेको वर्ष दिनपछि जेठी छोरी सजना जन्मिइन्, जो अहिले ९ वर्षकी भइन् । उनी कक्षा २ मा पढछन् । त्यसपछि सुरु भयो छोरी जन्मने शृंखला । वर्षरदुई वर्षको फरकमा अञ्जना, रञ्जना, रनिता र देविकाको जन्म भयो ।

उनी माडी झरेको ४ वर्ष मात्रै भयो । कोराकको घर पहिरोले पुरेपछि उनको परिवार माडी झरेको रहेछ । पति ज्यामी काम गर्छन् । त्यसबाहेक जीविकाको स्रोत पर्ती जग्गामा खेती गर्ने हो । ५ पटक सुत्केरी हुँदा अस्पतालको मुख उनले देख्न पाइनन् । सुरक्षित मातृत्व, नियमित गर्भ जाँच, सरकारी सेवासुविधा, पोसिलो खानेकुरा कुन चराको नाम हो, उनलाई थाहै छैन । धन्न देविकाका पालामा ३ वटासम्म लोकल कुखुरा खाएको उनले सुनाइन् ।

२५ वर्षकै उमेरमा ३५–४० की जस्तै देखिएकी सम्झना छोरा नै हुनु नपर्ने कुरा पतिलाई सम्झाउन सक्दिनन् । ‘छोरा चाहिन्छ भन्दाभन्दै ५ वटी छोरी भइसके,’ उनले भनिन्, ‘सम्झाउँदा पनि मान्नुहुन्न, छोरा नै चाहिन्छ भन्नुहुन्छ ।’ सासूससुरा, छरछिमेकबाट पनि छोरा पाउनुपर्ने दबाब भएको उनले सुनाइन् । ५ छोरी जन्मिँदासम्म उनले पतिसँग नाइँनास्ति गर्न सकिनन् । ‘छोरीले हेर्दैन, एउटा भए पनि मर्दापर्दा चाहिन्छ भन्छ,’ उनले भनिन्, ‘छोरै खोज्छ त के गर्ने रु’

कुसुमखोलामा छोरा कुर्ने उनी मात्रै होइनन् । उनीजस्ता थुप्रै आमा राहत लिन छोरी बोकेरै बगई आइपुगेका थिए । चेपाङ, नेवार, दरै, भुजेललगायत जातिको बसोबास रहेको कुसुमखोलामा गाडी पुगेको छैन । स्वास्थ्य जाँच गराउन ३ घण्टा टाढाको खरकट्टा बजार पुग्नुपर्छ । साउन २९ मा रियुखोलामा ठूलो बाढी आएपछि बस्ती त डुबानमा पर्‍यो नै, बाटोघाटो पनि बिगार्‍यो ।

बाढी आउँदाको रात उनको परिवार घरमै थियो । गाउँमा बाढी पसेपछि भागाभाग भयो । हर ९शरीर० को लुगाबाहेक केही जोगाउन सकेनन् । उनको पनि ८ बोरा धान बाढीले बगायो । पति इन्द्रसँग छोरीहरू च्यापेर खुला आकाशमुनि उनी रातभर रुझ्दै बसिन् । ५ महिनाकी देविकालाई बोरा ओढाएर राखिन् । ५ छोरीलाई सम्हाल्न गाह्रो भएपछि उनले मनमा नानाथरी सोचिन् । बाढीअघि र पछिको उनको मनोविज्ञानमा परिवर्तन आएको छ । ‘पहिले मलाई पनि एउटा छोरा भए त हुन्थ्यो भन्ने थियो,’ अब अर्को सन्तान नजन्माउने एकल सोच उनले पोखिन्, ‘होस्, अब नजन्माउने ।’

साभार : कान्तिपुर दैनिक

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: