दुना, टपरा जोगाउँदै दोलखाका महिला


प्रकाशित मिति :2017-08-29 13:32:41

सर्मिला बुढाथोकी

दोलखा । धार्मिक कार्य गर्न चोखो भाँडाको रुपमा प्रयोग गरिने दुना टपरी लोप हुदै गएका बेला भीमेश्वर नगरपालिका २ का महिलाहरु टपरी गाँस्न÷बुन्न जुटेका छन् ।

भीमेश्वर सिकाई केन्द्र दोलखाले टपरी गाँस्ने तालिम सञ्चालन गरेपछि स्थानीय महिला दंग छन् । नेवारी समुदायको बाहुल्यता भएको दोलखा बजारमा प्रचलन रहेको लप्ती (पात) भोजको लागि होस वा धार्मिक कर्म र तिथी श्राद्धका लागि टपरी अनिवार्य छ । तर सीप नभएका कारण काठमाण्डौ तथा अन्यत्रबाट तयारी दुना/टपरा किन्ने गरेका स्थानीय महिलाहरु यो तालिम पछि आफै टपरी बुन्ने बताउँछन् ।

सीप नहुँदा टपरीको रुपमा थाल र दुनाका रुपमा मकैको खोस्टा प्रयोग गर्ने गरेको भीमेश्वर नगरपालिका २ कि राधिका प्रधानले बताउनुभयो । बजारबाट किन्नुपर्दा सामान्य पुजा लगाउँदा पनि हजार÷पन्ध्र सय रुपैयाको दुना÷टपरा किन्नु पर्ने उनले बताइन् ।

भीमेश्वर मन्दिर नजिकै पुष्प तथा पुजा सामाग्रीको व्यापार गर्दै आउनुभएकी मैया प्रधानले सिप सिकेपछि आफ्नै गाउँघरमा पाइने पातको सदुपयोग गरि व्यवसायिक रुपमै अगाडि बढाउने सोँच रहेको बताउनुभयो । तालिमकी प्रशिक्षक भुमनेश्वरी आचार्यले सँस्कृति र परम्पराको जगेर्णा गर्न यो सीप सवैका लागि आवश्यक हुने बताउनुहुन्छ ।

धार्मिक पक्षसँग जोडिएको दुना टपरी स्वास्थ्यका दृष्टीकोणले पनि राम्रो मानिन्छ । पछिल्लो समय प्लास्टिकको प्रयोग बढीरहेको अवस्थामा पातबाट बन्ने दुना टपरीले स्वास्थ्यसँगै स्थानीयस्तरमा रोजगार सृजना हुने केन्द्रकी सल्लाहकार राधादेवी मास्केले बताउनु भयो ।

दोलखा धार्मिक हिसावले प्रसिद्ध भएकाले केही महिलाहरुले टपरा दुनाको व्यवसाय नै गरे पनि जीविकोपार्जन गर्न सक्ने मास्केको भनाई छ । सल्लाहकार मास्केका अनुसार महिलाहरुको आयआर्जनमा टेवा पु¥याउन र सामाजिक भावनाको विकास होस भन्ने उदेश्यले सामुदायिक केन्द्र मार्फत महिलाहरुको १२ ओटा समुह निर्माण गरिएको छ । समुहमा आवद्ध महिलाहरुले आफुले जानेका सीप साथीहरुलाई सिकाउने व्यवस्था गरिएको छ ।

समुहमा अहिले भीमेश्वर नगरपालिका २ का २ सय ५१ महिलाहरु आवद्ध रहेको केन्द्रकी सल्लाहकार राधादेवी मास्केले बताउनु भयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: