मानव बेचबिखनमा संलग्न फूर्पालाई १० वर्ष कैद सजाय


प्रकाशित मिति :2017-08-29 16:13:05

महिला खबर

काठमाडौं । नुवाकोट दुप्चेश्वर गाउँपालिका–१ का फूर्पा तामाङलाई मानव बेचविखनमा दोषी ठहर गर्दै जिल्ला अदालत नुवाकोटले दश वर्ष कैदको फैसला गरेको छ ।

वि.स. २०७० चैत १४ गते दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीकी २१ वर्षीया युवतीलाई ललाइफकाइ भारतमा बेच्न लगेको आरोपमा तामाङलाई अदालतले १० वर्ष कैद सजाय र ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको हो ।

नुवाकोट जिल्ला अदालतका न्यायाधीश लोकजंग शाहको इजलाशले आरोपी तामाङको कसूर प्रमाणित सो फैसला गरेकोे हो ।
पीडित युवतीको उजुरीका आधारमा आरोपी तामाङलाई पक्राउ गरी प्रहरीले २०७२ असोज २५ गते मुद्दा दर्ता गरेको थियो ।

उक्त घटनामा संलग्न अन्य पाँच जना भने फरार रहेका छन् । फरार रहेका दुप्चेश्वर गापा–१ का साइला तामाङ, गोथे तामाङ, सोमर लामा, आशा तामाङ र होना तामाङको सजाय भने मुल्तवीमा राखिएको जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: