विपदमा सुरक्षित रहन सजग हुँदै अपाङ्ग महिला


प्रकाशित मिति :2017-08-30 12:12:44

-महिला खबर-

रामेछाप । पटक-पटकको विपदले त्रसित बनेका अपाङ्ग महिलाहरु पछिल्लो समयमा कसरी विपदमा कसरी सुरक्षित हुने भन्नेमा सजग बन्न थालेका छन् ।

विपद तथा प्रकोपको बेला विशेष गरि अपाङ्गता भएका व्यक्तिहरु प्रभावित हुने गरेको तथ्यांक रहेको छ । अपाङ्गता भएका महिलाहरुलाई विपद्का बारेमा सजग गराउनु र उनीहरुमा सुरक्षित कसरी रहन सकिन्छ भन्ने ज्ञान दिनु आवश्यक रहेको नेपाल अपाङ्ग महिला संघकी अध्यक्ष निर्मला धितालले जानकारी दिनुभयो ।

अपाङ्गता भएका व्यक्तिहरु प्रकोप तथा विपदका बेला भागदौड गर्न नसक्ने अवस्थामा हुन्छन् । विपदको बेला सबैलाई आफ्नो ज्यानको नै माया हुन्छ । सामान्य अवस्थाका व्यक्ति सक्छन् । तर, अपाङ्गता भएका व्यक्ति न त भाग्न नै सक्छन् न अरुले नै उनीहरुलाई सहारा दिन ध्यान दिन्छन् । त्यस्तो परिस्थितिमा पनि संयमता अपनाएर सुरक्षित हुन तर्फ ध्यान दिँदा पनि संभावित जोखिमबाट बच्न सकिने धितालले जानकारी दिनुभयो ।

सोही अवस्थालाई ध्यान दिँदै नेपाल अपाङ्ग महिला संघ र महिला उपहार मञ्च नेपालले अपाङ्गता भएका महिलालाई तालिम दिइएको थियो । अपाङ्गता भएका महिलाहरुका लागि विपद् व्यवस्थापन सम्बन्धी अभिमुकीकरण दिइएको नेपाल अपाङ्ग महिला संघकी कार्यक्रम संयोजक सरिता लामिछानेले बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: