अखिल क्रान्तिकारीको पदाधिकारीमा १२ महिलाको उम्मेदवारी


प्रकाशित मिति :2017-08-30 12:33:31

–महिला खबर– 

काठमाडौं । नेकपा (माओवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) को २१ औं महाधिवेशनबाट निर्वाचित हुने नयाँ नेतृत्वको लागि १२ जना महिला नेतृ पदाधिकारीको लागि चुनावी मैदानमा उत्रिएका छन् ।

भदौ ७ गतेदेखि सुरु भएको महाधिवेशनमा निर्वाचन कार्यतालिका अनुसार उनीहरुले उम्मेदवारी दिएका हुन् । अनेरास्ववियु क्रान्तिकारीको निर्वाचनले ३३ पदाधिकारी सहित २४३ सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था छ ।

सोही व्यवस्था अनुरुप ३३ पदाधिकारीमध्ये १२ जना महिलाले पदाधिकारीमा उम्मेदवारी दिएका हुन् । उम्मेदवारी दर्ता गराउने मध्ये छात्रा उपाध्यक्षमा पञ्चा सिंह र लक्ष्मी प्रधानको उम्मेद्वारी परेको छ । उपाध्यक्षमा जनजाति तर्फ सुनिता किँरातीको उम्मेदवारी परेको छ ।

त्यसैगरी महासचिवमा राजेश्वरी सुवेदीले उम्मेदवारी दर्ता गर्नुभएको छ । उपमहासचिव छात्रा कोटामा सुनिता शाह र आशा तमुको उम्मेदवारी परेको छ । सचिव छात्रा कोटामा भने भिमकुमारी प्रधान(सपना), प्रविणा अधिकारी, एलिसा थापा, गंगा दाहाल, वसन्ता कटुवाल, जस्मिन रेग्मी चुनावी मैदानमा उत्रिएका छन् ।

नयाँ कार्यसमितिको लागि निर्वाचन आज १ बजेबाट सुरु हुने उपाध्यक्षकी उम्मेदवार लक्ष्मी प्रधानले जानकारी दिनुभयो । क्रान्तिकारीमा पहिलो पटक नेतृत्वका लागि निर्वाचन हुन लागेको हो । निर्वाचनमा दुई हजार १२ मतदाता सहभागी हुनेछन् ।

केन्द्रीय कमिटीमा एक अध्यक्ष, तीन खुल्ला र महिला, जनजाति, मधेशी तथा मनोनित गरी सात उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव, १३ सचिव, र एक कोषाध्यक्ष हुने व्यवस्था छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: