-महिला खबर-
सुनसरी । सुनसरी बराह नगरपालिका ८ सालबन्दीकी बालकुमारी रसाइलीको विचल्ली भएको खबर सञ्चारमाध्यममा प्रकाशित राष्ट्रिय जनमुक्ति पार्टीले उहाँका लागि नयाँ घर बनाइदिएको छ ।
इजरायलमा रहेका राष्ट्रिय जनमुक्ति पार्टीका संघीय परिषद् सदस्य सरिद ख्युडवाको पहलमा संकलित रकमबाट नयाँ घर बनाएर रसाइलीलाई हस्तानतरण गरिएको धर निर्माण समितिका संयोजक राम परियारले वताउनुभयो ।
उहाँका अनुसार १ लाख १५ हजारको लागतमा टाटी र जस्तापाता प्रयोग गरेर बनाइएको घर हस्तान्तरण गरिएको हो । नयाँघर बनेर आफूले पाएपछि बालकुमारीले खुशी व्यक्त गर्नुभएको छ ।
साथी फाउण्डेसन इटहरीकी अध्यक्ष शान्ति गजमेरको पहलमा केहि दिन अघि उहाँको वीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा उपचार सुरु भएको थियो । शल्यक्रियाको चार दिन अघि उहाँको कुरुवा बसेकी छोरीले अस्पतालबाट घर लिएर गएपछि शल्यक्रिया भने हुन नसकेको गजमेरले बताउनुभयो । बालकुमारीको पेटमा घाउ छ । लामो समयदेखि घाउ निको नभएपछि डाक्टरले शल्यक्रिया गर्नुपर्ने बताएका हुन् ।
फेरि अस्पताल लगेर उपचारको लागि पहल भइरहेको उहाँले बताउनुभयो । अस्पतालमा बिरामी कुरुवा र खर्चको समेत अभाव रहेको गजमेरले जानकारी दिनुभयो । ती महिलाको समस्या सम्बन्धी समाचार महिलाखवर डटकममा पनि प्रकाशित भएपछि विभिन्न संघसस्थाले सहयोग गर्न थालेका हुन् ।
यसअघिनै डाक्टरले उपचारमा दुईलाख रुपैयाँ खर्च लाग्ने बताएका थिए । सो रकमको जोहो गर्न सक्ने अवस्था नरहेपछि बालकुमारी उपचारका लागि अस्पताल जानुभएको थिएन । उहाँलाई पाँच जना बालबच्चालाई बिहान बेलुकी खाना जुटाउनै समस्या छ ।
मागेर ल्याउन सकेका दिन बालबालिकाले खान पाउँछन् नभए भोकै सुत्नुपर्ने समस्या छ । हुर्किएका ४ जना छोरा छोरी कहाँ जान्छन् पत्तो हुँदैन । श्रीमतीको उपचार खर्च जुटाउन नसकेर उहाँका श्रीमान् पदमले आठ महिना अघि कोशीमा हामफालेर आत्महत्या गरेका थिए ।
यो पनि हेर्नुहोस्
Comment Here!