बालविवाहका कारण स्वास्थ्य समस्या भोग्दै महिला


प्रकाशित मिति :2017-08-30 16:14:33

-यमुना खनाल-

सिरहा । सिरहाको पतारी गाउँपालिका एक पिप्राकी ३३ वर्षकी ललितादेवी साफीलाई अहिले उठबस गर्नै समस्या छ । पेट दुख्छ । ढाड दुख्छ । अलिकति हिँड्न पनि अप्ठ्यारो हुन्छ ।

ललिता देबी साफी

‘गुप्ताङ्गबाट गन्हाउने पानी बगिरहन्छ । पाठेघर खसेको छ ।’ ललिताले भनिन् – ‘शरीर सन्चो छैन तर आराम गरेर खान पनि पाईंदैन ।’ विपन्न परिवारकी ललिताको बनीबुतो गरेर गुजारा चलाउनु पर्ने बाध्यता छ ।

उनले चार जना छोरा छोरीको लालन पालन गरीरहेकी छन् । उनका श्रीमान् पनि मजदुरी नै गर्छन । बाबु आमाले, सानैमा बिबाह गरिदिएकाले त्यसको सजाय ललिता भोग्नुपरेको हो ।

१२ वर्षकै उमेरदेखि वर्षैै पिच्छे चार सन्तान उनले जन्माइन् । ललिताको पाठेघर खसेको पाँच वर्ष भयो । पाठेघरको उपचार उनले अहिलेसम्म गरेकी छैनन् । सूचीकृत स्वास्थ्य संस्थामा निःशुल्क पाठेघरको शल्यक्रिया सहितको उपचार हुने व्यवस्था छ । तर, ललितालाई पाठेघरको निःशुल्क शल्यक्रिया हुन्छ भन्ने थाहा छैन ।

वेचनी देबी साफी

पतारी गाउँकै ४० वर्षीया बेचनी देवी साफीलाई पाँच बर्ष अगाडी पाठेघरमा समस्या देखियो । अत्याधिक रक्तश्राब भयो । उनी लामो समयसम्म थलिईन् । उपचार गराउन जाँदा डाक्टरले सानै उमेरमा पाठेघरको विकास नभई बच्चा जन्माएकोले पाठेघरमा समस्या भएको बताए । अन्ततः उनको पाठेघर फाल्नु पर्यो ।

नौ बर्षकै उमेरमा विवाह भएकी साफीले १३ बर्षमा नै पहिलो बच्चा जन्माएकी थिईन् । वर्षै पिच्छेका तीन जना छोराछोरी जन्माइन् । आफ्नै उमेर नपुगी आमा बन्दा शरीरको रेखदेख, हेरचाहबारे उनलाई केही थाहा थिएन । त्यसैको फलस्वरुप अहिले पाठेघर फाल्नुपर्ने अवस्था आएको उनले बताईन् ।

सिरहाका अधिकांश महिलाको उमेर नपुगी विवाह हुन्छ । जसले गर्दा महिलााहरुले शारीरिक तथा मानसिक समस्या भोग्नुपरेको हुने स्वास्थ्य चौकी पर्सा पोखरभिन्डाकाका ईन्चार्ज बिनोद शाह बताउँछन् ।

स्त्री रोग विशेषज्ञ डाक्टर दीलिप साहका अनुसार कम उमेरमा विवाह भएर सन्तान जन्माएका महिलाहरुमा पाठेघर खस्ने, पाठेघरको मुखको क्यान्सर हुने, आमा र बच्चाको ज्यानै जोखिममा पर्ने, शिशु तथा मातृ मृत्यु दर बढ्ने, बच्चा कम तौलको हुने, कुपोषित हुने जस्ता समस्या हुने गरेको छ ।

सिरहाका ग्रामिण क्षेत्रमा अहिले पनि १३, १४ वर्षका किशोरीहरुको परिवारले नै विवाह गरिदिने गर्छन् । सिरहाको पर्सा पोखरभिन्डा स्वास्थ्य चौकीमा आर्थिक वर्ष २०७३÷०७४ मा ९८ जना गर्भवती जाँच गराउन आएका महिलाहरु मध्ये १७ देखि २० वर्षका ५५ जना रहेको स्वास्थ्य चौकी पर्सा पोखरभिन्डाको तथ्याड्कले देखाएको छ ।

नेपालको कानुनले केटा वा केटीको विवाह २० वर्ष पुगेपछि मात्र गर्नु पर्ने ब्यबस्था भएपनि सिरहामा अभिभावकले छोरीको बिबाह सानै उमेरमा गर्ने अधिकारकर्मी गंगा अधिकारीले बताईन् । मानब अधिकार संचार प्रतिष्ठान ईह्रिकन सिरहाकी संयोजक समेत रहेकी अधिकारीका अनुसार छोरीले प्रेम गर्छिन् कि, आफै विवाह गर्छिन् की भन्ने डरले अभिभावकले उमेर नपुगी विवाह गरिदिने गरेका हुन् ।

अर्कोतर्फ भने सानै उमेरमा छोरीको विवाह गरे दहेज कम दिनु पर्छ भनेर पनि सानैमा विवाह गर्ने सामाजिक प्रचलन छ । जसले गर्दा महिलाले कम उमेरमा सन्तान जन्माउने र जीवनभर स्वास्थ्य समस्या भोग्नुपर्ने अवस्था रहेको उनले बताईन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: