फोरमले दुई स्थानीय तहको प्रमुखमा महिला उठाउने


प्रकाशित मिति :2017-08-30 16:21:10

– महिला खबर –

काठमाडौं । असोज २ गते हुने प्रदेश नं २ को स्थानीय तहको निर्वाचनका लागि संघीय समाजवादी फोरमले दुई स्थानीय तहको नेतृत्व पदमा महिलालाई उम्मेदवार बनाउने भएको छ ।

फोरम केन्द्रीय कार्यसम्पादन समितिको मंगलबार बसेको बैठकले रौतहटको गरुणा नगरपालिकाको प्रमुखमा इन्दु यादव र पर्साको धोबिनी गाउँपालिकाको अध्यक्षमा सुशिलादेवी चौहानलाई उठाउने निर्णय गरेको फोरमका सचिव अजम्बर काङमाङले जानकारी दिनुभयो ।

यो सँगै सप्तरी, सिरहा, धनुषा, रौतहट, बारा र पर्सा गरी प्रदेश नम्बर २ का ६ जिल्लाका ६४ स्थानीय तहको प्रमुख र उपप्रमुखको नाम टुंगो लगाएको छ ।

फोरमले अन्य नगरपालिका र गाउँपालिकमा भने प्रमुख पदमा पुरुषलाई नै उठाउने निर्णय गरेको हो । रौतहट कै इशनाथ नगरपालिकाको उपमेयरमा माधुरी सिन्हा, माधवनारायण नगरपालिका उपमेयरमा बालकुमारी चौधरी र फतुहा नगरपालिकाको उपमेयरमा चन्दा चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सिरहाको लहान नगरपालिकाको उपमेयरमा रिता यादव, गोलबजार नगरपालिका रेनुका यादव र कल्याणपुर नगरपालिकाको उपमेयरमा संगीताकुमारी देबी यादव र कर्जनहा नगरपालिकाको उपमेयरमा उर्मिलादेवी महतोलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

पर्साको वीरगञ्ज महानगरपालिकाको उपमेयरमा पिंकीदेवी यादव, पोखरिया नगरपालिका उपमेयरमा सल्मा खातुनलाई उठाउने भएको छ । यस्तै छिपहरमाई गाउँपालिकाको उपाध्यक्षमा किचकली देबी, जगरनाथपुर गाउँपालिकाको उपाध्यक्षमा बिस्मिल्ला खातुन, पकहामाई गाउँपालिकाको उपाध्यक्षमा पकहामाई गाउँपालिकाकुष्मी देबी, सखुवाप्रसौनी गाउँपालिकाको उपाध्यक्षमा फुलमतिकुमारी थरुइनलाई उम्मेदवार बन्ने फोरमको केन्द्रीय समिति बैठकले निर्णय गरेको हो ।

बाराको पच्रौता नगरपालिकाको उपमेयरमा ललिताकुमारी चमार, महागढीमाई नगरपालिकाको उपमेयरमा रमावतीदेबीचौरसीया र सिम्रौनगढ नगरपालिकाको उपमेयरमा शैलदेबी यादवलाई उम्मेदवार बनाउने भएको छ ।

सुवर्ण गाउँपालिकाको उपाध्यक्षमा बबिता यादव, फेटा गाउँपालिकाको उपाध्यक्षमा कमरुल खातुन, विश्रामपुर गाउँपालिकाको उपाध्यक्षमा अनवरी बेगम, प्रसौनी गाउँपालिकाको उपाध्यक्षमा शिलाकुमारी तेली, करैयामाई गाउँपालिकाको उपाध्यक्षमा लिलादेबी पण्डितलाई उठाउने भएको छ ।

सप्तरीको राजविराज नगरपालिकाको उपमेयरमा किरणकुमारी साह, कञ्चनपुर नगरपालिकाको उपमेयरमा मिना ठाकुर, कब्कालिनी हनुमाननगर नगरपालिकाको उपमेयरमा, सियावतीदेबी यादव, सुरबगा नगरपालिकाको उपमेयरमा प्रेमाकुमारी थापा, खडग नगरपालिकाको उपमेयरमा केन्द्रुलाकुमारीदेबी झा, शम्भुनाथ नगरपालिकाको उपमेयरमा निर्मलाकुमारी साह, डाक्नेश्वरी नगरपालिकाको उपमेयरमा मिराकुमारी यादव र सप्तकोशी नगरपालिकाको उपमेयरमा मिश्रा राईलाई उठाउने भएको छ ।

महादेवा गाउँपालिकाको उपाध्यक्षमा ममता यादव, तिरहुत गाउँपालिकाको उपाध्यक्षमा तिर्थमाया मण्डल, कृष्णासवरण गाउँपालिकाको उपाध्यक्षमा रमितादेबी सदा, इटहरी बिसनपुर गाउँपालिकाको उपाध्यक्षमा उषाकुमारी साह, छिन्नमस्ता गाउँपालिकाको उपाध्यक्षमा तृष्णकुमारी मण्डल, बलानबिहुल गाउँपालिकाको उपाध्यक्षमा रुबीकुमारी गुप्ता र तिलाठी कोइलाडी गाउँपालिकाको उपाध्यक्षमा चन्द्रिकादेबी यादवलाई उम्मेदवार बनाएउने निर्णय गरेको फोरमले जनाएको छ ।

धनुषाको हंशपुर नगरपालिकाको उपमेयरमा शिबकुमारी मुखिया, गणेशमान सारनाथ नगरपालिकाको उपमेयरमा निशा मोक्तान, मिथिला नगरपालिकाको उपमेयरमा मनमाया लामा, नगराइन नगरपालिकाको उपमेयरमा रञ्जितादेबी पासवान र धनुषाधाम नगरपालिकाको उपमेयरमा बन्दना कर्णलाई उठाउने भएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: