कृषि मजदुरका महिला नाइके


प्रकाशित मिति :2017-08-31 14:49:09

-सृजना अर्याल-

चितवन । दबदबे हिलोमा धान रोपिरहेकी सपना गुरुङको मोवाइलको घन्टी बज्यो । एक हात सलले पुछ्दै मोबाइलको फोन उठाइन् – हेलो ! भोली त अर्काेकोमा रोप्न जानु छ । तपाईंकोमा पर्सि रोपौंला है ।’

कुरा सकेर फेरि खेतलासँगै रोप्न थालिन् । एकैछिन् मोबाइलको घन्टी बज्यो । फोन उठाइन् र भनिन् ‘तपाइकोमा चाँही निकोपर्सि मात्र ।’ अनि प्रश्न गरिन् ‘कति जना आउनुपर्छ ? उताबाट के जवाफ आयो कुन्नी ! हुन्छ भन्दै सपनाले कुरा टुङ्ग्याइन् ।

चितवनको भरतपुर महानगरपालिका १८, रैगञ्जकी ४२ वर्षीया सपनाको यो काम कृषि मजदुरको नाइकेको हो । हिजोआज उनी धान रोप्न, गोड्न र तरकारी खेतीका काममा मजदुर खोजिदिन्छिन् ।

५ वर्षअघि सामान्य मजदुरी गर्ने सपना अहिले मजदुर नाइके भएकी हुन् । गोरखा स्थायी घर भएकी उनले ६ वर्षअघि श्रीमान्लाई ऋण गरेर साउदी अरब पठाएकी थिईन् । त्यसपछि गोरखाबाट चितवन झरेकी उनी श्रीमान्लाई विदेश पठाएको ऋण तिर्न सुरुका दिनमा आफै ज्यालाको काम खोज्ने गर्थिन् ।

२ छोराको रेखदेख र दिनभरको मजदुरीमा उनी व्यस्त हुन थालेपछि अलिअलि कमाइ गर्न थालिन् । उनी कुनै दिन पनि खाली बस्दैनथिन् । परिश्रमी सपनालाई देखेर उनका साथीभाइले पनि काम खोजिदिन अनुरोध गर्न थाले ।

सपना भन्छिन् ( साथी भाईलाई पनि काम खोजिदिनुपर्ने बेला जग्गा धनीले पनि खेताला खोजिरहेका हुन्थ्ये । खेतला लगिदिँदा जग्गाधनी पनि खुशी हुन थाले । अनि मलाई खेतला ल्याइदिए बापत केही रकम दिन थाले ।’

साथीहरुलाई सहयोगको लागि थालिएको कामले उनलाई मजदुर खोजिदिने नाइकेको रुपमा चिनायो । अहिले एकजना मजदुर खोजिदिएबापत बापत उनले अहिले २५ रुपैयाँ र रु ५० को रुपैयाको रिचार्ज कार्ड पाउने गरेको बताईन् ।

नाइकेको भूमिका प्रष्ट्याउँदै सपना भन्छिन् ‘दिउँसोको मेला रहेछ भने बिहान फोन गरेर भनिदिन्छु । बिहान जानुपर्ने रहेछ भने बेलुका नै भनिदिन्छु ।’

अहिले सपनासँग १७ जनाको समूह छ । आफूलाई पायक पर्ने ठाउँमा सपना पनि काम गर्न जान्छिन् । दिनभर ज्यालादारी गर्छिन् । अहिले उनले आफ्नो कमाईले घर खर्च धान्दै आएकी छिन् । श्रीमान्ले विदेशबाट पाठाएको रकम बचाउने गरेको उनले बताईन् ।

ज्याला मजदुरी गर्न गोरखाबाट चितवन झरेकी सपनाले अहिले आफ्नो घर बनाइसकेकी छिन् । उनले थपिन् ‘श्रीमानको कमाईमा मात्र आशा गरेको भए मैले आफ्नै घर बनाउन सक्ने थिइन ।‘

भरतपुर १८, गाजीपुरकी ५१ वर्षीया खुममाया आलेको परिचय पनि महिला नाइके हो । १९ जना महिला मजदुरकी नाइके खुममायाको समूहले पनि खेत रोप्ने, मकै, धान गोड्ने, तरकारी बारीमा काम गर्ने काम गर्छ ।

६ वर्षदेखि नाइके काम गर्दै आएकी खुममायाले उनले प्रति मजदुर २५ रुपैयाँ पाउँछिन् । मजदुर खोजिदिने कामसँगै उनी आफै पनि मजदुरी गर्छिन् । जसबाट उनलाई थप कमाई हुन्छ ।

केही वर्ष अघिसम्म मजदुर खोजिदिने काम महिलाले गर्दैनथे । उनीहरु त पुरुषले खोजिदिएको काममा जाने गर्थे । अहिले मजदुर खोजिदिने काम पनि महिला आफै गर्न थालेका छन् भने ज्यालाको निर्धारण गर्न पनि महिला नै अगाडि बढ्छन् ।

महिला नाइकेले नै चलेको रकमभन्दा कम ज्यालामा बोलाए त्यो ठाउँको काम नै रोकिदिने पनि गरेमा छन् । भरतपुर महानगरपालिका १७, गोब्रेनीकी सुन्तली बस्नेत सामान्यतया चल्तीको ज्याला जग्गाधनीले दिने गरेको बताउँदै कसैले नदिए अर्को पटकदेखि उसकोमा काममा नै मजदुर नलैजाने बताउँछिन् ।

उनी ४ वर्षयता कृषि मजदुरकी नाइके हुन् । विशेष गरी उनीहरुको समूहमा महिला मजदुर नै हुने गरेका छन् । तर, धान रोप्ने मौसममा भने पुरुषपनि खोज्नुपर्ने उनले बताईन् । नाइकेसँग सम्पर्क गर्दा भने काम मिलिरहने हुनाले मजदुरहरु पनि नाइकेको समूहमा बस्न रुचाउँछन् । भने, जग्गाधनीले पनि एक जनालाई मात्रै सम्पर्क गर्दा मजदुर पाइने हुनाले नाइकेलाई नै सम्पर्क गर्छन् ।

पछिल्लो समय अधिकांश पुरुष गाउँमा भेटिँदैनन् । कोही विदेशिएका छन् त कोही राम्रो रोजगारीको आशामा सहर पसेका छन् । त्यसको प्रभाव महिलाले नाइकेमा अवसर पाएका अन्तरपार्टी महिला सञ्जाल चितवनकी अध्यक्ष गौरी अधिकारी बताउँछिन् ।

अन्य क्षेत्रमा पनि महिलाको नेतृत्व बढेझैं कृषि क्षेत्रमा पनि महिलाले नेतृत्वले प्रवेश पाउन थालेको अधिकारीको बुझाई छ । महिला कामदारको नेतृत्व महिलाले नै गर्दा तल्लो तहदेखि नै समाज रुपान्तरणमा पनि टेवा पुगेको बताउँदै अध्यक्ष अधिकारीले कृषिमा काम गर्ने महिलाबीच सकारात्मक प्रभाव पर्ने बताइन् ।

पुरुष नाइके भन्दा महिला नाइके हुँदा मजदुर महिलाले पनि काममा सहजता महसुस गरेका छन् । महिला नाइकेसगँ काम गर्दा आफ्नो समस्या राख्न सजिलो हुने सपनाको समूहकी मजदुर अस्मिता गुरुङले बताइन् ।

अस्मिताल थपिन् ‘कहिलेकाँही खर्च चाहियोभने महिला नाइइकेसँग माग्न पनि सकिन्न्छ । आफूलाई स्वास्थ्य समस्या पर्दा पनि महिला नाइकेसँग भन्न सजिलो हुने । पुरुषसँग केही भन्न पनि अप्ठ्यारो । अझ उनीहरुको घर जाँदा परिवारले पनि राम्रो मान्दैनथे ।’ उनले पुरुष नाइकेले पहिले ज्यालामा समेत ठग्ने गरेको तर महिलाले त्यसो नगर्ने अनुभव पनि सुनाइन् ।

कृषि काममा मजुर खोजिदिन महिला नाइके हुँदा जग्गाधनीले पनि सहज महसुस गरेका छन् । भरतपुर महानगरपालिका १५, की सीता पन्डित भन्छिन् ‘पहिला पहिला पुरुष नाइकेहुँदा भनेको समयमा कामदार पनि नल्याइदिने । ज्याला पनि पनि मनपरी माग्ने गर्थे । तर महिला नाइकेले इमान्दार भएर काम गरिदिन्छन् ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: