जनप्रतिनिधि महिला भन्छन् – उदाहरणीय काम गरेर देखाउँछौं


प्रकाशित मिति :2017-08-31 15:58:44

-महिला खबर-

काठमाडौ । स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि महिलाले जस्तो सुकै चुनौति आइपरेपनि जनताका काममा उदाहरणीय बनेर देखाउने अठोट गरेका छन् ।

स्थानीय तहको निर्वाचन, महिला सहभागिता चुनौति र आगामी रणनीतिको विषयमा काठमाडौंमा भएको कार्यक्रममा विभिन्न जिल्लाका निर्वाचित मेयर, उममेयर वडाध्यक्ष र सदस्य महिलाहरुले उक्त अठोट गरेका हुन् ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले जनताको अधिकार प्रदान गर्न आफू क्रियाशिल रहने बताउनुभयो । उहाँले अधिकांश स्थानीय तहका प्रमुख पुरुष भएकाले उनीहरुसँग समन्वय गरेर महिला जनप्रतिनिधिले जनताको काम गर्ने पनि जनाउनुभयो ।

डोटी दिपायल सिलगढी नगरपालिकाकामेयर मञ्जु मरासिनीले महिला जनप्रतिनिधिलाई केही असहज हुन सक्छ तर महिला जनप्रतिनिधि महिला भन्दा माथि उठेर उदाहरणीय काम गरेर देखाउन सक्नुपर्छ भन्नुभयो ।

जागरण नेपालले गरेको कार्यक्रममा डोटी, काभ्रे, दोलखा, सिन्धुपाल्चोक, सुनसरी, बाँके, कैलाली, अछाम, काठमाडौ, ललितपुर, भक्तपुर लगायत १२ जिल्लाका जनप्रतिनिधिहरुको सहभागिता थियो ।

उनीहरुले महिला जनप्रनिधिले यो पटक राम्रो काम गरेमा आगामी निर्वाचनहरुमा महिलाहरु नेतृत्वमा आउन सहयोग पुग्ने बताए ।स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वााचनबाट ११ हजार ६ सय २२ महिला निर्वाचित भएका छन ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: