-महिला खबर-
सिरहा । सिरहाको रामपुर पिप्राकी रेनुका साहहलाई अहिले कतै एक्लै हिड्नु परे डर लाग्दैन । पहिला पहिला शंकोच लाग्थ्यो । डराउँथिन् पनि । अहिले भने ‘आई लागे भने जाई लाग्ने हिम्मत छ’ भन्नुहुन्छ ।
यो हिम्मत उहाँमा त्यतिकै आएको होइन । मानव अधिकार संचार प्रतिष्ठान (इह्रिकन) र जुरीले बालिका र किशोरी माथि हुने हिंसाको प्रतिकार गर्ने क्षमता विकासका लागि गरेको कराँते तालिममा प्रदान सहभागी भएपछि रेनुका साह आफूमा विश्वास गर्न सक्ने हुनुभएको हो ।
त्यसैगरी सीतापुर प्रधकी सरस्वती पनि कराँते तालिम पाएपछि उत्साहित हुनुहुन्छ । उहाँलाई जस्तो सुकै परिस्थिति आई लागे पनि प्रतिकार गर्न सक्छु भन्ने हिम्मत बढेको छ ।
सरस्वती र रेनुका मात्र होईन सिरहाको सीतापुर र रामपुर पिप्राका २८ जना किशोरीहरु आत्मरक्षा तालिम लिईरहेका छन् । उनीहरुले आफुमाथि हुने जुनसुकै हिंसाको पनि प्रतिकार गर्न सक्छु भन्ने विश्वास बढेको बताए ।
महिला तथा किशोरीमाथि हुने हिंसाको प्रतिकार गर्न सक्षम बनाउने उदेश्यले किशोरीहरुलाई इह्रिकन र जुरी र नेपालले कराँते खेलको तीन महिने तालिम प्रदान गरेको छ । सितापुरका १४ जना र रामपुर पिप्राका १४ जना गरी २८ जना किशोरी आत्मरक्षा तालिममा सहभागी भएका इह्रिकन सिरहाकी संयोजक गंगा अधिकारीले जानकारी दिनु भयो ।
Comment Here!