महिलाको नाममा घरजग्गा किनबेच बढ्यो


प्रकाशित मिति :2017-08-31 16:28:34

-ज्ञानु पंगेनी-

नवलपरासी । नवलपरासी जिल्लामा महिलाको नाममा घरजग्गा किनबेच गर्नेको संख्यामा वृद्धि भएको छ । जिल्ला मालपोत कार्यालय कावासोतीको तथ्याङ्क अनुसार जिल्लामा महिलाको नाममा घरजग्गा किनबेच गर्नेको संख्या बढेको देखिएको हो

आर्थिक वर्ष ०७३-७४ मा २५ हजार ४० जनाले घरजग्गा सम्बन्धी कारोबार गरेका छन् । त्यसमध्ये १० हजार ७ सय ६ जना महिलाको नाममा कारोबार भएको मालपोत कार्यालय कावासोतीले जनाएको छ ।

मालपोत कार्यालय कावासोतीका प्रमुख खगेन्द्र घिमिरेले घरजग्गा कारोबारको रजिष्ट्रेशनबाट आर्थिक वर्ष २०७३-७४ मा ५९ करोड १२ लाख ९२ हजार २ सय ७२ रुपैयाँ राजस्व संकलन भएको बताउनुभयो । आर्थिक वर्ष २०७३-७४ मा अघिल्लो वर्ष भन्दा ५ हजार जना बढिले घरजग्गा कारोबार गरेको उहाँले बताउनुभयो ।

मालपोत कार्यालयले पुरुषको नाममा भएको घरजग्गा महिलाको नाममा र श्रीमान् श्रीमतीबीच आपसी सम्बन्ध कायम गर्ने उद्देश्यले दुवैको नाममा समेत घरजग्गा पास गर्दै आएको छ । गत आर्थिक वर्षमा १२ जना दम्पतीले संयुक्त रूपमा घरजग्गा कारोबार गरेका छन् । संयुक्त घरजग्गा कारोबारको लागी दस्तुर १०० रुपैयाँ मात्र लाग्ने कार्यालयले जनाएको छ ।

सरकारले नै महिलाको नाममा घरजग्गा खरिद गर्दा २५ प्रतिशत छुटको व्यवस्था गरेको छ । जसले गर्दा महिलाको स्वामित्वमा जग्गा पास गर्नेको संख्यामा वृद्धि भएको हो ।

आर्थिक वर्ष २०७२-०७३ को तुलनामा आर्थिक वर्ष २०७३- ७४ मा ३ हजार २ सय २५ जना बढि महिलाले आफनो नाममा घरजग्गा कारोबार गरेका हुन् । दस्तुर कम लाग्ने भएपछि पुरुषहरूले नै महिलाको नाममा घरजग्गा पास गरिदिने गरेका छन् । पछिल्लो समय अधिकांश पुरुषहरु वैदेशिक रोजगारीमा गएका कारणले पनी महिलाहरुको नाममा घरजग्गा दर्ता गर्ने दरमा बृदि भएको मालपोत कार्यालय कावासोतीका प्रमुख घिमिरेको भनाई छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: