महिला मन्त्री कोइरालाको प्रेस संयोजकमा केसी


प्रकाशित मिति :2017-09-01 12:02:16

-महिला खबर-

काठमाडौं । महिला बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइरालाको प्रेस संयोजकमा पत्रकार सुशीला केसी (आस्था) नियुक्त हुनुभएको छ ।

केसीले भदौ १२ गते सोमबारदेखि औपचारिक रुपमा मन्त्री कोइरालाको प्रेस संयोजकको कार्यभार सम्हाल्नुभएको हो । केसी हाल थाहा खबर अनलाईनका सह–सम्पादक हुनुहुन्छ ।
२०६३ देखि पत्रकारिता गर्दै आउनु भएकी केसी रेडियो गणतन्त्र राप्तीको स्टेशन म्यानेजर, एबिसी टेलिभिजन, आठमार्च र रातोपाटी अनलाइनमा संवाददाता रुपमा काम गरिसक्नुभएको छ ।

केसी हाल काठमाडौं बसेर पत्रकारिता गर्दै आउनुभएको छ । राजनीतिक शास्त्रबाट स्नातक उतिर्ण गर्नुभएका केसीले राजनीतिक, बिटका साथै सामाजिक विषयमा कलम चलाउदै आउनुभएको छ । उहाँ प्रेस सेन्टरका केन्द्रीय सचिव समेत हुनुहुन्छ ।

हालको मन्त्रीमण्डलमा गृहमन्त्री जनार्दन शर्माको प्रेस संयोजकमा पत्रकार लक्ष्मी पुन हुनहुन्छ । यसअघि तत्कालीन पर्यटन मन्त्री आनन्द पोखरेलको पालामा पत्रकार कालिका खड्का थामी पत्रकार महिलाको प्रतिनिधित्व गर्दै प्रेस संयोजक नियुक्त हुनुभएको थियोे ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: