बहुविवाहको मुद्धामा नवनिर्वाचित वडासदस्य जेल चलान


प्रकाशित मिति :2017-09-01 14:27:28

-महिला खबर-

काठमाडौं । पोखरा–लेखनाथ महानगरपालिका वडा नम्बर ८ का निर्वाचित वडा सदस्य पुष्पराज सिग्देललाई बहुविवाहको मुद्धामा कारागार चलान गरिएको छ ।

नेपाली काँग्रेसबाट वडा सदस्यमा निर्वाचित सिग्देललाई बिहिबार कारागार चलान गरिएको हो । बहुविवाहको मुद्दामा जिल्ला अदालत कास्कीले कैद र जरिवानाको फैसला गरेका उनी १६ वर्षदेखि फरार सूचीमा थिए ।

बिहीबार भने उनी स्वयंं अदालत उपस्थित भएका हुन् । जेठी पत्नी सुशीलाको जाहेरीपछि जिल्ला अदालत कास्कीका न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले २०५८ पुस १० मा सिग्देललाई एक महिना कैद र १ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

फैसलापछि जरिवाना रकम धरौटीबाट असुलउपर भएको थियो भने चार दिन हिरासतमा बसेकाले २६ दिन कैद असुल हुन बाँकी रहेको अदालतले जनाएको छ ।

जातीय भेदभाव तथा छुवाछूत, बोक्सी वा बहुविवाहसम्बन्धी कसुरमा कैद सजाय पाएको व्यक्ति सजाय भुक्तान गरेको मितिले ३ वर्षसम्म उम्मेदवार हुन नपाउने व्यवस्था स्थानीय तह निर्वाचन ऐनले गरेको छ ।

यद्यपी, अदालतमा फरारको सूचीमा रहेका उनलाई नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनमा सदस्यको टिकट दिएको थियो । बैशाख ३१ गते भएको पहिलो चरणको स्थानीय तह निर्वाचनबाट पोखरा–लेखनाथ महानगरपालिका–८ मा सिग्देल निर्वाचित भएका थिए ।

निर्वाचन आयोगका प्रवक्ता तथा सहसचिव नवराज ढकालले स्थानीय निर्वाचन ऐनले वडा सदस्यको पद कुनै कारणबस रिक्त रहेमा पुनः निर्वाचन गर्ने व्यवस्था नभएकाले त्यो पद के हुन्छ भन्ने विषयमा अहिले भन्न नसक्ने बथताउनुभयो । ऐनमा एक वर्षसम्म अध्यक्ष वा उपाध्यक्ष पद खाली भएमा मात्र पुनः निर्वाचन गर्ने कुरा उल्लेख भएको जानकारी दिनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: