महिला खबर
काठमाडौं । प्रेस चौतारी नेपाल भक्तपुरको अध्यक्षमा कविता थापा चयन हुनुभएको छ ।
भक्तपुर शाखाका अध्यक्ष सोम शर्मा बजगाईं प्रेस चौतारीको केन्द्रीय सदस्यमा मनोनयन भएपछि जिल्लाले नयाँ नेतृत्व चयन गरेको हो ।
नयाँ नेतृत्वको अध्यक्षमा कविता थापा, उपाध्यक्षमा रामचन्द्र प्रजापति, सचिवमा हेमराज ढकाल, सहसचिव चुडामणि पौडेल र कोषाध्यक्ष जितेन्द्र श्रेष्ठ चयन भएका छन् ।
त्यसैगरी कार्यसमिति सदस्यमा अञ्जना शिल्पकार, सविना केसी, चन्द्रकृष्ण श्रेष्ठ, लीला श्रेष्ठ, भगवती क्षेत्री, सविता हाडा र सरिना शिल्पकार चयन भएका छन् .
Comment Here!