–महिला खबर–
काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी)को २१ औँ महाधिवेशनमा पाँच पदाधिकारी सहित ४८ महिला निर्वाचित भएका छन् ।
कमिटीकाे उपाध्यक्षमा पञ्चा सिंह (महिला), उपमहासचिवमा आशा तमु (सर्वसम्मत), निर्वाचित हुनुभएको छ । सचिवमा प्रविना अधिकारी(महिला) , गंगा दाहाल(महिला), कल्पना मिया( मुस्लिम) निर्वाचित हुनुभएको छ ।
कमिटीको केन्द्रीय सदस्यमा ४४ महिला निर्वाचित भएका छन् । ४४ मध्ये केही सर्वसम्मत र केही छात्रा मतदानद्वारा निर्वाचित भएका नवनिर्वाचित उपाध्यक्ष पञ्चा सिंहले बताउनुभयो ।
क्रान्तिकारीको नयाँ नेतृत्वको लागि गत बुधबार निर्वाचन भएको थियो । बिहीबारदेखि सुरु भएको मतगणना शनिबार बिहान मात्र सकिएको थियो । २१ औँ राष्ट्रिय सम्मेलनले ३३ पदाधिकारी सहित २४३ नयाँ कार्यसमिति चयन गरेको छ ।
Comment Here!