कृषि तथा खाद्य सुरक्षाविज्ञ घले सम्मानित


प्रकाशित मिति :2017-09-03 14:53:13

मच्छे गुरुङ

न्यूयोर्क । कृषि तथा खाद्य सुरक्षाविज्ञ यमुना घले अमेरिकामा सम्मानित हुनुभएको छ । नेपालको कृषि क्षेत्र र खाद्य सुरक्षाको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै तमु परिवार न्यूयोर्कले घलेलाई सम्मान गरेको हो ।

नेपालका लागि स्वीस राजदूतवासमा वरिष्ठ कार्यक्रम अधिकृतको रुपमा कार्यरत घले विगत २५ वर्षदेखि कृषि तथा खाद्य सुरक्षाको क्षेत्रमा नेपालमा कार्यरत हुनुहुन्छ । वगेनिंगन युनिभर्सिटी नेदरल्याण्डसबाट कृषिमा मास्टर डिग्री गर्नुभएकी घले अहिले खाद्य सुरक्षाको विषयमा द्यिावारिधी गरिरहनुभएको छ ।

घलेले नेपालको कृषि क्षेत्रलाई आर्थिक उन्नति र आर्थिक उपार्जनसँग जोड्नुपर्ने भन्दै, त्यसतर्फ तुम समुदाय सचेत हुनुपर्ने बताउनुभयो ।

उहाँले जनजातिको अहिलेको अवस्था कहाँ छ भन्दै राज्य संरचनामा आफुहरुको उपस्थितिमा लागि भावी सन्ततिलाई त्यस्तै खालको वातावरण बताउँदै लैजानुपर्ने बताउनुभयो ।

घलेले विदेशमा रहेका नेपाली दाजुभाइ दिदी बहिनीले देशको आर्थिक वृद्धिमा रेमिट्यान्स मार्फत पुर्याएको योगदानको चर्चा गर्दै रेमिट्यान्स आर्थिक उपार्जनका क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको थियो ।

तमु परिवार न्यूयोर्कका अध्यक्ष डम्बर जंङ्ग गुरुङले घलेले देशको विकासमा पुर्याएको योगदानको चर्चा गर्नुभयो ।

तमु परिवारका सचिव जेनी गुरुङले सञ्चालन गर्नुभएको कार्याक्रममा उपाध्यक्ष मनिता गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: