बलात्कारपछि हत्याको आरोपमा एक युवा पक्राउ


प्रकाशित मिति :2017-09-03 16:55:36

कालीकोट । युवतीलाई बलात्कारपछि हत्या गरेको आरोपमा कालीकोटबाट प्रहरीले एक युवालाई पक्राउ गरेको छ । प्रहरीले सुर्खेतको बीरेन्द्रनगर नगरपालिका–१ बाङ्गेसिमलका ३२ वर्षीय ना ५ ख १८८७ नम्वरका ट्रक चालक लक्ष्मीप्रसाद आचार्यलाई पक्राउ गरेको हो ।

आचार्यले ती युवतीलाई तीन दिनसम्म खिड्की जिउलाको आले होटलमा बन्धक बनाई बलात्कारपछि विष खुवाएर हत्या गरेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी सुरज पौडेलले बताए ।
‘उनलाई शारिरीक शोषणपछि हत्या भएको आशंका गरेका छौं । यसबारे थप अनुसन्धान जारी छ ।’ डिएसपी पौडेलले भने ।
शनिबार बिहान ती युवतीले विष खाएकी भन्दै आचार्यले राकम बजारको एक निजी मेडिकलमा उपचारका लागि ल्याएका थिए । युवतीको भने बाटोमै मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: