अत्याधिक रक्तश्रावका कारणले सुत्केरी मृत्यु


प्रकाशित मिति :2017-09-04 10:50:18

–रमेश रावल– 

कालिकोट । मुगुको सोरु गाउँपालिका ६ की २२ वर्षीया जल रोकाया सुत्केरी हुँदा अत्याधिक रक्तश्रावका कारणले मृत्यु भएपछि जन्मिएका छोराको बेहाल भएको छ ।

घरमै सुत्केरी रोकायाले जुम्ल्याहा सन्तान जन्माएकी थिइन् । अत्याधिक रक्तश्रावका कारण एक छोरासहित रोकायाको मृत्यु भएपछि बाँचेको एक छोराको बेहाल भएको मृतकका श्रीमान् धनराज रोकायाले बताए ।

‘आमाको दूध खान नपाएर छोरा रोएर स्वर सुक्न थालेको छ’ उनले भने,–‘गाई भैँसीको दूध पनि खुवाउन मुस्किल हुन थालेको छ ।’

रोकायाले पहिलो पटक सन्तान जन्माएकी थिईन् । सुरक्षित प्रसुती सेवाको अभावका कारण उनको मृत्यु भएको हो । सुत्केरी व्याथा लागेको तीन दिनपछि उनलाई नार्थपु बर्थिङ सेन्टरमा लगिएको थियो ।

बर्थिङ सेन्टरमा जनशक्ति र उपकरणको अभावले सुत्केरी गराउन नसकेपछि उनलाई जिल्ला अस्पातलमा रिफर गरिएको थियो । बर्थिङ सेन्टरबाट अस्पताल लैजान घरमा ल्याएको बेला उनी सुत्केरी भएकी हुन् ।

बच्चा जन्मिएको आधा घण्टामै ज्यान गएको परिवारले जनाएका छन् । उनको घरबाट जिल्ला अस्पताल पुग्न २ दिन पैदल बाटो हिँड्नु पर्ने बाध्यता रहेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: