विपदमा सहयोग गर्न बचत कोष


प्रकाशित मिति :2017-09-04 11:53:25

– महिला खबर – 

सिन्धुपाल्चोक । जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिका – ३ लार्केका महिलाहरुले समुदायमा मासिक बचत मार्फत विपद् व्यवस्थापन कोष स्थापना गरेका छन् । जिल्लामै पहिलो पटक २८ घरधुरीबाट मासिक २० रुपैयाँ बचत गर्दै कोषको सुरुआत गरिएको हो ।

३४ वर्षीया बुद्धरानी तामाङले विपद् व्यवस्थापन कोषमा ६ महिनादेखि बचत गर्दै आउनुभएको छ ।  मासिक २० रुपैयाँका दरले उनले कोषका लागि एक सय २० रुपैयाँ बचत गर्नुभएको हो । ‘पहिरो र आगलागीको कारण हरेक वर्ष ठूलो धनजनको क्षति हुने गरेको छ ।

आपत विपतमा परेकालाई तत्काल सहयोग गर्नुपर्छ भनेर हामीले मासिक बचत मार्फत कोष स्थापना गरेका हौं ।’ बुद्धरानीले भन्नुभयो्, ‘गाउँलेलाई आपत परेको बेला गाउँलेले नै पहिला सहयोग गर्ने गरी कोषका लागि बचत गरेका हौं ।’

लार्के सिन्धुपाल्चोकको सबैभन्दा विकट बस्ती हो । हरेक वर्षजस्तो आइलाग्ने विपतमा हत्तपत्त कतैबाट सहयोग नपुग्ने भएकाले समुदायबाट नै सहयोग जुटाउन कोष स्थापना गरेको स्थानीय महिलाहरुले बताए ।

२०७३ साल माघ महिनाबाट कोषका लागि बचत गर्न थालिएको उनीहरुले जानकारी दिए । कृषि काममा व्यस्त हुनु परेकोले असार महिनाको बैठक बस्न र बचत संकलन गर्न नसकिएकोले साउन १५ गते दुई महिनाको बचत एकै पटक संकलन गरेको प्राथमिक उपचार कार्यदलको संयोजक समेत रहेकी बुद्धरानी तामाङले बताउनुभयो ।

लार्के विपद्का हिसाबले भोताङकै उच्च जोखिममा रहेको छ । २०७२ को भूकम्पका कारण १३ परिवार गाउँबाटै विस्थापित भएका छन् ।

बचत कोषकी संयोजक छेक्याप तामाङले एक घरधुरीबाट २० रुपैयाँका दरले कोषका लागि बचत गर्ने गरेको बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म ३० घरधुरीबाट नियमित बचत भइरहेको छ । अहिलेसम्म कोषमा ८ हजार ६ सय रुपैयाँ जम्मा भईसकेको क्षति तथा आवश्यकता विश्लेषण कार्यदलका संयोजक कर्म सिङ्गी तामाङले बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: