युवतीलाई बन्धक बनाएर बलात्कारपछि हत्या


प्रकाशित मिति :2017-09-04 12:43:57

रमेश रावल

कालिकोट । कालिकोट घर भएकी एक युवतीको दैलेखको आठबीस नगरपालिका–८ मा हत्या भएको छ । सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेकी युवतीलाई ना ५ ख १८८७ नम्बरको ट्रक चालकले बन्धक बनाइ बलात्कार गरी हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

तीन दिनसम्म खिड्की जिउलाको आले होटलमा बन्धक बनाई बलात्कारपछि विष खुवाएर हत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी सुरज पौडेलले बताए । ‘उनलाई शारीरिक शोषणपछि हत्या भएको आंशका गरेका छौं ।’ उनले भने,–‘अहिले अनुसन्धान जारी रहेको छ ।’

‘अनुसन्धानमा असर पर्ने देखेर युवतीको नाम र ठेगाना गोप्य राखिएको छ ।’ उनले भने,–‘नाम बाहिर लैजाँदा अनुसन्धानमा असर पर्न सक्छ ।’ प्रहरीका अनुसार सुर्खेतको बीरेन्द्रनगर नगरपालिका–१ बाङ्गेसिमलका ३२ वर्षीय गाडी मालिक तथा चालक लक्ष्मीप्रसाद आचार्यले मामा भान्जी नाता जनाएर खिड्की जिउलाको आले होटलमा युवतीलाई बन्धक बनाई राखेका थिए । तेश्रो दिन शनिबार बिहान ८ बजेतिर बलात्कारपछि विष खुवाएका हुनसक्ने आंशका प्रहरीको छ ।

शनिबार बिहान ती युवतीले विष खाएकी भन्दै राकम बजारको एक निजी मेडिकलमा ल्याएर उपचार गराउँदा प्रहरीले पीडकलाई पक्राउ गरेको थियो । शनिबार नै युवतीलाई उपचारको लागि सदरमुकाम ल्याउँदै गर्दा बाटोमै ज्यान गएको हो । प्रहरीले चालक लक्ष्मीप्रसाद आचार्यको अलवा होटल सञ्चालक कृष्ण आलेमगरलाई पक्राउ गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: