-महिला खबर–
काठमाडौं । काठमाडौंको जोरपाटी नारायणटारबाट सोमबार एक बालिका बेपत्ता भएकी छिन् । १२ वर्षीय अश्लेषा न्यौपाने घरबाटै बेपत्ता भएकी हुन् ।
बालिकाका बाबु देब न्यौपानेले केही दिनअघि घर आएका भाई बुहारी लक्ष्मी चौलागाईले ललाईफकाइ छोरीलाई बेपत्ता पारेको आरोप लगाएका छन् ।
छोरीसगैँ भाई बुहारी चौलागाई समेत सम्पर्कमा छैनन् । चौलागाई चुच्चेपाटी बस्दै आएकी थिइन् । न्यौपानेले बुहारीसँग भने कुनै रिसिबी नभएको बताए ।
न्यौपानेले छोरीको खोज्न गरिदिन प्रहरी कार्यालय बौद्ध र माइति नेपालमा समेत निवेदन दिएको बताए । बालिका इस्टपोल बोडिङ स्कूलमा कक्षा ६ मा पढ्दै आएकी थिइन् ।
Comment Here!