मानव बेचविखन अन्त्य गर्न एकजुट हौऔं: सभामुख घर्ती


प्रकाशित मिति :2017-09-05 15:03:01

महिला खबर

काठमाडौं । सभामुख ओनसरी घर्तीमगरले मानव बेचबिखन तथा ओसारपसार अन्त्य गर्न सवै एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ ।

‘अबको गन्तव्यः मानव बेचबिखनको अन्त्य’ नाराका साथ मानव बेचबिखन तथा ओसारपसार बिरुद्घको एघारांै राष्ट्रिय दिवसलाई मंगलबार राजधानीमा सम्बोधन गदै सभामुख घर्तीले भन्नुभयो ‘मानव बेचबिखनका तथा ओसारपसार बिरुद्घ सबै एकजुट भएर लागेमा सकारात्मक परिवर्तन अवश्य नै आउने छ । त्यसैले यसको अन्त्यका लागि एकजुट भएर लागौं ।’

सभामुख घर्तीले मानव बेचबिखन तथा ओसारपसार गम्भिर अपराध भएकाले यसको अन्त्यका लागि सबै सचेत र हातेमालो गरी अगाडी बढ्न अपिल गर्नुभयो । ‘यो गम्भिर अपराध हो, यसको अन्त्यका लागि सचेत बनौं र हातेमालो गरेर अगाडी बढौं । यो सम्भव छ ।’ सभामुख घर्तीले भन्नुभयो ।

२१ औं शताब्दीमा पनि मानव बेचबिखन तथा ओसापसार सम्बन्धी बनेको कानुन कार्यान्वयन नहुँदा बेचबिखन भैरहेको उहाँले बताउनुभयो । यो नेपालीहरुका लागि लज्जास्पद कुरा भएको भन्दै उहाँले मानव वेचविखन रोक्न राज्यका सबै निकायले कानुन कार्यान्वयन गर्न आहवान समेत गर्नुभयो ।

उहाँले सुचना प्रविधिको विकाससँगै मानव बेचबिखनको स्वरुप फेरिदै गएको यसलाई रोक्न चुनौती पनि रहेको बताउनुभयो । महिला, बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइरालाले विगतमा प्रत्येक्ष रुपमा महिलाहरु बेचबिखनको शिकार हुने गरेकोमा अहिले स्वरुपमा परिवर्तन आएको बताउनुभयो ।

मन्त्री कोइरालाले चेतनाको अभाव, गरिबी, असमानता, विभेद, बेरोजगारी जस्ता कारणले मानव बेचबिखन तथा ओसारपसार हुने गरेको र यि सवै समस्या हल गर्न सरकारको एक्लो प्रयासले मात्र सम्भव नहुने भन्दै सबैलाई सहकार्यका लागि आग्रह गर्नुभयो ।

दिवसको अवसरमा आज बिहान राष्ट्रिय सभा गृहबाट प्रभातफेरि गरेर प्रज्ञा प्रतिष्ठान कमलादी पुगेर विशेष कार्यक्रम गरिएको थियो ।

पाँच महिला पुरस्कृत

काठमाडौं । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले मानव बेचबिखन तथा ओसारपसार विरुद्ध जागरण तथा पूर्नस्थापनामा उल्लेखनीय योगदान पु¥याएको भन्दै पाँच जना महिलालाई पुरस्कृत गरेको छ ।

मन्त्रालयले मानव बेचबिखन तथा ओसारपसार बिरुद्घको एघारांै राष्ट्रिय दिवसको अवसरमा महिला तथा बालबालिका कार्यालय रौतहटका महिला विकास अधिकृत सावित्री न्यौपाने, जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रहरी जवान सपना औरी चौधरी, शक्ति मिलन समाज सुकेधाराकी नातीसरा राई, हिमालय टाइम्सका पत्रकार रमा लुइटेल र कान्तिपुर एफएमका पार्वता चौधरी पुरस्कृत हुनुभएको हो ।

त्यसैगरी संस्था तर्फ शान्ति पुर्नस्थापना गृह ललितपुरलाई पुरस्कृत गरेको छ । पुरस्कारको राशी १० हजार रुपैयाँ रहेको छ ।

मन्त्रालयले तीन संघसंस्थालाई पनि सम्मान गरेको छ । महिला तथा बालबालिका कार्यालय मकवानपुर, अस्मीता नेपाल मकवानपुर र साथी संस्थालाई सम्मान गरिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: