मानव किनबेच गर्ने कार्य निन्दनीय र जघन्य अपराध


प्रकाशित मिति :2017-09-05 15:29:18

-ज्ञानु पंगेनी-

नवलपरासी । मानव भएर मानवलाई नै किनबेच गर्ने कार्य निन्दनीय र जघन्य अपराध भएको हुनाले यसलाई रोक्नका लागि सबै लाग्नु पर्ने एक कार्यक्रमका वक्क्ताहरुले जोड दिएका छन् ।

अझै पनि विभीन्न प्रलोभन देखाइ महिला तथा बालिकाहरुलाई किनबेच गर्ने कार्य नरोकिएको हुँदा यसका विरुद्ध लाग्न सरकारी तथा गैरसरकारी संघसंस्था र व्यक्ति स्वंय आफै चनाखो हुनुपर्ने उनिहरुले बताएका छन् ।

मानव बेचविखन तथा ओसार पोसार विरुद्धको ११ औ राष्ट्रिय दिवसको अवसर पारेर आज नवलपरासीको सदरमुकाम परासीमा भएको र्यालि तथा कोण सभामा बोल्ने बक्क्ताहरुले उक्क्त कुरा बताएका हुन् ।

मानव बेचविखन तथा ओसारपोसार विरुद्धको जिल्ला कार्यसमितीको संयोजकत्व र महिला तथा बालबालिका कार्यालय नवलपरासी तथा विभिन्न संघसंस्थाको संयुक्त आयोजनामा भएको कार्यक्रममा विभिन्न सचेतना मुलक सन्देशहरु भएको प्लेकार्ड सहित र्यालि निकालिएको थियो ।

बुद्धचोकबाट सुरु भएको र्याली लोकतान्त्रिक चोक, जिल्ला प्रहरी कार्यालय हुदै जिल्ला प्रशासन कार्यालयको प्राङगणमा पुगेर कोण सभामा परिणत भएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुंगानाको अध्यक्षता र रामग्राम नगरपालिकाका उपमेयर रम्भा कुवंरको प्रमुख आथिथ्थतामा भएको कोण सभामा बोल्दै प्रमुख अतिथी रम्भा कुवंरले महिलाहरु आर्थिक रुपमा सक्षम नहुँदा अधिकांश रोजगारीको बहाना किनबेचमा परेको बताउनुभएको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी माधव ढुंगानाले सरकारी कार्यालयको मात्र प्रयासमा मानव बेचविखनको समस्या समाधान हुन नसक्ने भएकाले यसको लागि सबै सरोकारवालाहरुले प्रभावकारी भुमिका खेल्नुपर्ने बताउनुभएको थियो ।

महिला तथा बालबालिका कार्यालय नवलपरासीका प्रमुख उर्वरा लुइटेलले महिला तथा बालिका मात्र नभएर पछिल्लो समय पुरुषहरु पनि बेचविखनमा पर्ने गरेको हुनाले यो समस्या जटिल भएर आएको बताउनुभएको थियो । कार्यक्रममा माइती नेपाल नवलपरासीबाट सचेतना मुलक गित प्रस्तुत गरीएको थियो भने कार्यक्रमको सञ्चालन माइती नेपाल नवलपरासीका संयोजक माया क्षेत्रीले गर्नुभएको थियो । हरेक वर्ष भदौ २० गतेका दिन विभिन्न जनचेतनामुलक कार्यक्रम गरी राष्ट्रिय रुपमा यो दिवस मनाउने गरीन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: