प्रहरीसम्म पुग्दैनन् ७२ प्रतिशत हिंसा पीडित महिला


प्रकाशित मिति :2017-09-05 16:38:27

-महिला खबर-

काठमाडौं । ७२ प्रतिशत हिंसा पीडित महिला आफु हिंसामा परेको उजुरी लिएर प्रहरी कार्यालयसम्म नजाने गरेको एक अनुसन्धानले देखाएको छ ।

संकल्पले १५ वटा जिल्लाका ७५ वटा गाविसमा १५ देखि ५९ वर्ष उमेर समूहका ९ सय महिलाहरुमा यौन तथा लैगिंक हिंसा विषयमा गरेको अनुसन्धानले यो अवस्था देखाएको हो ।
९ सय महिला मध्ये ५०२ जनाले आफु हिंसामा पर्ने गरेको बताएका छन् । तर हिंसामा परेको थाहा पाएपनि उजुरी लिएर प्रहरी कार्यालयसम्म नजाने गरेको अनुसन्धानमा खुलेको छ ।

अनुसन्धानमा आफु हिंसामा पर्दा प्रहरी तथा अन्य संघसंस्थामा उजुरी दिनुपर्छ भन्ने जानकारी १२ प्रतिशत महिलालाई थाहा नभएको र ८८ प्रतिशत महिलाहरुले थाहा भएको उत्तर दिएका थिए ।

८८ प्रतिशत महिलाहरु आफु माथि हिंसा भएमा प्रहरी कार्यालय जानुपर्दछ भन्ने जानकारी भएपनि हिंसा सहेर बस्ने गरेको पाइएको संकल्पले जनाएको छ ।

बालबच्चाको कारण, परिवारको इज्जत जाने डर, आत्मविश्वासको कमी, कमजोर आर्थिक अवस्था, परनिर्भरता जस्ता कारणले महिलाहरु हिंसा सहेर बस्ने तर प्रहरी कार्यालयसम्म नपुग्ने गरेको अध्ययनले देखाएको छ । संकल्पले डोटी, डडेल्धुरा, दैलेख, कञ्चनपुर, सुर्खेत, बाँके, इलाम, धनकुटा, सिरहा, काभ्रे, गोरखा, कास्की, नवलपरासी, मकवानपुर र काठमाडौंमा यो अनुसन्धान गरेको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: