पत्रकार गौरीको गोली हानी हत्या


सञ्चारिकाद्धारा खेद प्रकट

प्रकाशित मिति :2017-09-06 11:49:36

महिला खबर

काठमाडौं । भारत कर्नाटक राज्यकी चर्चित पत्रकार गौरी लंकेशको मंगलबार गोली हानी हत्या भएको छ ।

बेंगलुरू स्थित आफ्नै निवासमा उनीमाथी गोली हानिएको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार उनी माथी सात गाली हानिएको थियो ।

भारतीय सञ्चारमाध्यमसंग कुरा गदै बेंगलुरू पुलिसले भनेको छ । ‘मंगलबार साँझ गौरी आफ्नो घर गइरेहेकी थिइन् । जब उनले आफ्नो घरको ढोका खोल्दै थिइन् त्यही समयमा आक्रमणकारीहरूले उनको छातीमा दुई र टाउँकोमा एक गोली हानेका थिए ।’

गौरी कन्नड भाषाको साप्ताहिक पत्रिका ‘गौरी लंकेश’ पत्रिकाकी सम्पादक थिइन् । उनी निडर र उनलाई सही लागेको कुरा लेख्ने पत्रकारका रुपमा चिनिन्थिन । उनी कर्नाटक राज्यको नागरिक समाजका चर्चित अनुहार थिइन् ।

वामपंथी विचारधारतर्फ झुकाव राख्ने गौरी भारतमा चलिरहेको हिन्दुवादी राजनीतिको प्रखर आलोचक थिइन् । वैचारिक मतभेदका कारण उनी केही मानिसको प्रमुख निसानामा थिइन् ।

गत वर्ष उनीमाथि सांसद प्रहाद जोशीले मानहानीको मुद्धा दर्ता गराएका थिए । गौरीलाई अदातलले दोषी करार गरेको थियो ।

उनले अन्य पत्रपत्रिकाहरुमा समेत लेखहरु लेख्ने गर्थिन् । उनीको पत्रिकालाई भने कसैले पनि विज्ञापन दिदैन थिए । गौरी मिडिया स्वतन्त्राता हुनुपर्ने पक्षमा थिइन् । उनीको हत्या प्रति सञ्चारिका समूहले खेद प्रकट गरेको छ । गौरी माथिको हमला आम पत्रकार तथा पत्रकार महिलामाथिको हमला र प्रेस स्वतन्त्रतामाथि प्रहार भएको भन्दै दोषी पहिचान गरि कारबार्हीका लागि दवाव दिन सञ्चारिकाले सवैमा आग्रह समेत गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: