गाउँका महिलामा कानूनी साक्षरता बढ्यो


प्रकाशित मिति :2017-09-07 10:41:38

सर्मिला बुढाथोकी

दोलखा । जिल्ला अदालत दोलखाले न्यायिक बाह्य पहुँच कार्यक्रम अन्तर्गत गाउँ गाउँमा न्यायिक सचेतना कार्यक्रम सञ्चालन गरेपछि यहाँको ग्रामिण महिलामा कानूनी साक्षरता बढेको छ ।

विशेष गरेर महिला अधिकार, बाल अधिकार, घरेलु हिंसा, अंश, सम्बन्धविच्छेद लगायतका विषयमा गाउँका महिलाहरुमा रहेको जिज्ञासा अदालतका प्रतिनिधिहरुले मेटाउने गरेपछि महिलाहरुमा कानूनी जानकारी बढेको हो ।

जिल्ला अदालत दोलखाका श्रेस्तेदार कुलप्रसाद दहालले जिल्ला अदालतले जनतामा न्यायिक चेतना र कानूनी जानकारी बढाउन न्यायिक बाह्य पहुँच कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो । विशेष गरी महिला, बालबालिका र जेष्ठ नागरिकहरु कानुनी प्रावधान, कानुनी अधिकार र दण्ड सजायको बारेमा अनभिज्ञ हुँदा अधिकार प्राप्तिको हिसाबले पछि परेको कारण कार्यक्रम सञ्चालन गरेको उहाँको भनाई छ ।

जिल्ला अदालत दोलखाको बार्षिक कार्यक्रम अनुसार आर्थिक वर्ष ०७३/०७४ मा दोलखाको बैतेश्वर गाँउपालका र तामाकोसी गाँउपालिका तथा सदरमुकाम चरिकोट स्थित गौरीशङ्कर बहुमुखी क्याम्पस र महिला तथा बालबालिका कार्यालयमा न्यायिक बाह्य पहुँच कार्यक्रम सञ्चालन भएको श्रेस्तेदार दाहालले बताउनुभयो ।

अदालतको चेतनामूलक कार्यक्रममा सहभागिहरु मध्ये महिला र बालबालिकाहरुले बढी जिज्ञासा तथा समस्या राख्ने भएकोले पनि कार्यक्रम प्रभावकारी बनेको जिल्ला अदालत दोलखाले जनाएको छ ।

समुदायमा सञ्चालित कार्यक्रममा जिल्ला न्यायधिश

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: