सिरहामा मानव बेचविखनका घटना बढ्यो


प्रकाशित मिति :2017-09-07 10:57:34

महिला खबर

सिरहा । सिरहामा मानव बेचविखनको घटना बढ्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाको तथ्याङ्कले मानववेचविखनको घटना बढेको देखाएको हो ।

आर्थिक बर्ष २०७१/०७२ मा मानव बेचविखनमा संलग्न चारजनालाई प्रहरीले मुद्धा चलाएको थियो । आर्थिक वर्ष २०७२/०७३ मा ३ जना र २०७३/०७४ मा संख्या बढेर पाँच जनालाई मानव बेचविखन कार्यमा संम्लग्न रहेको आरोपमा प्रहरीले मुद्धा चलाएको जिल्ला प्रहरी कार्यलय सिरहाको तथ्याङ्कले देखाएको छ ।

सिरहामा मानब बेचविखन विवाहको बाहनामा, ललईफकाई लैजाने , आमा बाबुलाई प्रलोभन देखाएर सहमतीमा भारतको दिल्ली, पंजाब लगायतका भारतीय घरेलु कामदार, सर्कसमा काम गर्नको जिल्लाको जमदह मुक्सार लगायतका स्थानका बढी बालबालिका तथा किशोरीको ओसारपसार भईरहेको दलित महिला संघ सिरहाकी शान्ति पासवानले बताउनु भयो ।

त्यसरी लगेका महिला, किशोरी तथा बालबालिकालाई काम गरेको पारिश्रमिक नदिने घर फर्कन नदिई श्रम शोषण गर्ने गरेको पनि उहाँले बताउनुभयो । गत वर्ष सिरहामा दलित संरक्षण अभियान मञ्च लगायतका संघ संस्थाको अगुवाई तथा महिला बालबालिका कार्यलय सिरहाको पहलमा २५ जना बालबालिकालाई ल्याइएको ईलाका प्रहरी कार्यलय लहानले जनाएको छ ।

महिला बालबालिका कार्यलयले मानव बेचविखन तथा ओसारपसारका लागि काम गर्ने भए पनि कार्यालयसँग बेचविखनको तथ्याङ्क छैन । मानव बेचविखनका पीडितका लागि २४ हजारको राहात कोष भएपनि राहातका लागि कार्यलय कोही नजाने गरेको महिला बालबालिका कार्यलयका फडिन्द्र घिमिरेले जानकारी दिनुभयो ।

मानब बेच बिखनका घटना यसमा संम्लग्न हरुको बृद्धि सिरहामा पनि हरेक बर्ष बढ्दै गएकाले यस तर्फ सबैले सचेत हुनु पर्ने सिरहाका सरोकार वालाहरुले बताएका छन् । मानब बेच बिखन तथा ओसारपसारमा सबै भन्दा बढी महिला र बालिकाको बेच बिखन तथा ओसार पसार भईरहेको प्रति सचेत हुन पर्नेमा उनीहरुले जोड दिए । ११ औ मानब बेचबिखन तथा ओसार पसार दिबसको सन्दर्भ पारेर आयोजित कार्यक्रमका सहभागीहरुले मानब बेचबिखन बिरुद्ध सब्ौ सारेकारवाला एक जुट हुनु पर्नेमा जोड दिए ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: