सहकारीलाई अब्बल बनाउँदै महिला


प्रकाशित मिति :2017-09-07 13:00:03

–महिला खबर –

सुनसरी । इटहरीका ७५ जना महिलाले बीस वर्ष अघि १ लाख रुपैयाँबाट जम्मा गरेको सहकारीमा सम्पत्ती बढाएर पौने ३३ करोड सम्पत्ती पुर्याएका छन् ।

महिला वचत तथा ऋण सहकारी संस्था लिमिटेड इटहरीले ४ हजार ३ सय १९ जना महिला सदस्य सहित पौने ३३ करोड कुल सम्पत्ती बनाएको हो । महिलाले मात्र सञ्चालन गरेको यो संस्थाले एसियाली ऋण महासंघबाट ब्रोञ्ज तहको अन्तराष्ट्रिय एक्सेस ब्राण्ड समेत प्राप्त गरेको छ ।

देशभरका १८ हजार सहकारी संस्था मध्ये १२ वटा सहकारी संस्थाले मात्र यो ब्राण्ड प्राप्त गरेको यो संस्थाकी अध्यक्ष अमृता सुब्बाले जानकारी दिनुभयो । अध्यक्ष सुब्बाका अनुसार संस्थाको कुलसम्पत्ती बढाएर आगामी वर्षमा ५० करोड पुर्याउने लक्ष्य छ ।

सम्पत्ती बढाएसँग संस्थाले महिलाको सशक्तिकरण, नेतृत्व विकास, पूँजी व्यवस्थापन, उद्यमी र आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको पनि उहाँले जानकारी दिनुभयो ।

संस्थाले सदस्यहरुको मृत्यु हुँदा १५ हजार राहत सहयोग गर्दै आएको छ । आफ्ना सदस्यको श्रीमान् वा छोरा छोरीको मृत्यू भएको अवस्थामा ५ हजार रुपैयाँ सहयोग गरिदै आएको उहाँले जानकारी दिनुभयो । त्यसैगरी बाढी, आगलागी पीडित सदस्यहरुलाई ५ हजार, अस्पताल भर्ना हुने गरि दुर्घटना भएमा ५ हजार रुपैयाँ उपचार सहयोग पनि गर्ने गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: