प्रदेश र प्रतिनिधि सभामा समानुपातिकमै सीमित हुने भए महिला


प्रकाशित मिति :2017-09-07 13:30:13

–सन्दिप वि.क –

काठमाडौं । आगामी मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधि सभाकोे निर्वाचनमा प्रत्यक्ष निर्वाचन लडेर महिला आउने सम्भावना न्यून देखिएको छ ।

प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचन विधेयक संसदबाट पास भएसँगै प्रत्यक्ष तर्फको निर्वाचनबाट महिला निर्वाचित हुने सम्भावना न्यून भएको हो ।

नेपालको संविधानको धारा १७६ को उपधारा ९ ले प्रदेश सभाबाट प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित हुने कुल संख्याको कम्तिमा एक तिहाई महिला हुनुपर्ने व्यवस्था गरेको छ ।

प्रतिनिधि सभाको व्यवस्थामा पनि संविधानको धारा ८४ को उपधारा ८ मा संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तीमा एक तिहाइ सदस्य महिला हुनुपर्नेछ भनिएको छ । तर, दुबै व्यवस्थामा प्रत्यक्ष वा समानुपातिक निर्वाचत प्रणालीमा कति उम्मेदवार महिला बनाउनुपर्ने भन्ने उल्लेख छैन ।

संसदबाट पारित विधेयकले पनि महिला अनिवार्य उम्मेदवार बनाउनुपर्ने व्यवस्था गरेको छैन । विधेयक छलफलमा रहेको बेला काँग्रेस नेतृ आरजु राणा नेतृत्वको महिला सांसद समन्वय समितिले प्रतिनिधिसभामा कम्तिमा ३३ प्रतिशत र प्रदेश सभामा कम्तिमा ४० प्रतिशत सिट महिला उम्मेदवारबीच मात्रै प्रतिस्पर्धा हुने गरी आरक्षण प्रस्ताव गरेको थियो ।
तर, विधेयकले उक्त प्रस्ताव समेटेको छैन । दलहरुले यसअघिको संविधानसभा निर्वाचन र हाल भएको स्थानीय तह निर्वाचनमा महिलालाई उम्मेदवार बनाएको अवस्था हेर्दा पनि उनीहरुले प्रत्येक्ष निर्वाचनमा कम मात्रै अवसर पाउने निश्चित देखिन्छ ।

संघीय संसदमा कम्तीमा एकतिहाइ महिला प्रतिनिधित्व हुनुपर्ने संवैधानिक व्यवस्था कार्यान्वयनका लागि प्रस्तावित विधेयकमा प्रत्यक्ष निर्वाचनबाट अपुग हुने महिलाको संख्या समानुपातिक कोटाबाट पूर्ति गर्ने व्यवस्था भएकोले प्रत्यक्षमा सहभागी नगराएर समानुपातिकमा नै महिला सीमित गर्ने देखिएको छ ।

एमालेकी सांसद श्रीमाया थकालीले आफूहरुले प्रतिनिधिसभामा कम्तीमा ३३ प्रतिशत र प्रदेशसभामा कम्तीमा ४० प्रतिशत सिटमा महिला उम्मेदवारबीच मात्रै प्रतिस्पर्धा हुने गरी आरक्षण प्रस्ताव गरेपनि सो अनुसार हुन नसक्दा महिलाहरु प्रत्यक्षमा आउने सम्भावना कम भएको बताउनुभयो ।

कानुनले पनि यति नै प्रतिशत महिला निर्वाचित हुने भनेका छैन । दलहरुले महिलाका लागि हार्ने ठाउँमा मात्र सिट दिने हुँदा प्रत्यक्षमा महिलाहरु कम आउने सम्भावना देखिएको छ ।
नेता थकालीले भन्नुभयो, ‘अब प्रत्यक्षमा महिला आउन चुनौतीपूर्ण छ । दलहरुले महिलालाई प्रत्यक्षमा उठाए पनि हार्ने ठाउँमा मात्र सिट दिन्छन् ।’

माओवादी केन्द्रकी सांसद सीता नेपालीले अहिलेको चुनावी स्थिती महंगो हुने भन्दै महिलाहरु निर्वाचित भएर आउने सम्भावना कम हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रत्यक्ष निर्वाचनमा महिलाहरु आउन दलले टिकट दिने कि नदिने भन्नेमा भर पर्छ । टिकट दिए भने पनि हार्ने ठाउँमा दिन्छन् कि जित्ने ठाउँमा त्यसमा भर पर्छ ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: