प्रमुखमा महिलाको उम्मेदवारी न्यून


प्रकाशित मिति :2017-09-07 15:19:55

महिला खबर

काठमाडौं । असोज २ गते हुने तेस्रो चरण अन्र्तगत २ नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा ११ जना महिलाले प्रमुख पदमा उम्मेदवारी दिएका छन् ।

प्रमुख ठूला दल कांग्रेस, एमाले र माओवादी लगायत राजपा, संघीय समाजवादी फोरमले १३६ स्थानीय तह मध्ये १२ स्थानीय तहको प्रमुख पदमा महिलालाई उम्मेदवार बनाएका हु्न् । बाँकी १२५ तहमा पुरुषलाई नै प्रमुखमा उठाइएको छ ।

सत्तारुढ दल कागें्रसले २, एमालेले ३, माओवादी केन्द्रले १, संघिय समाजवादी फोरमले २, नयाँ शत्त्ति नेपालले १ र राजपाले २ गरि ११ जना महिलालाई प्रमुख पदको उम्मेदवार बनाएको हो ।

उम्मेदवार हुनेमा कांग्रेसबाट रौतटहको इस्थान नगरपालिका प्रमुख कौशिल्य देवी र सिरहा भगवानपुर गाउँपालिका अध्यक्ष मीरादेवी यादव रहेका छन् ।

त्यसैगरी पहिलो तथा दोस्रो चरणको निर्वाचनमा अन्य दलको तुलनामा प्रमुख पदमा महिलालाई बढी उम्मेदवार बनाएको एमालले यस पटक पनि ३ महिलालाई प्रमुख पदमा उम्मेदवारी बनाएको छ ।

महोत्तरीको सर्लाहीको बरथवा नगरपालिका प्रमुखमा कल्पना कटुवाल, रौतहटको गुजरा नगरपालिका प्रमुखमा रामेश्वरीदेवी चौधरी र सस्सी गाउँपालिका अध्यक्षमा मिनाक्षीकुमारी सिंहलाई उम्मेदवारी बनाएको हो ।

माओवादी केन्द्रले रौतहटको मौलापुर नगरपालिकामा रिना कुमारी साहलाई उम्मेदवार बनाएको छ । नयाँ शक्ति नेपालले राजविराज नगरपालिकामा मीना ठाकुरलाई उठाएको छ ।

संघीय समाजवादी फोरमले पर्साको धोबिनी गाउँपालिका अध्यक्षमा सुशीलादेवी चौधरी र बारागढी गाउँपालिका अध्यक्षमा पुनम देवीलाई उठाएको छ ।

त्यस्तै राजपाले सप्तरी छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा विमलादेवी यादव र सर्लाहीमा बसबरिया गाउँपालिका किरणदेवी रायलाई उठाएको छ ।
स्थानीय तह निर्वाचन ऐनले अनिवार्य रुपमा प्रमुख वा उपप्रमुख, अध्यक्ष वा उपाध्यक्ष मध्ये ५० प्रतिशत र वडा तहमा ४० प्रतिशत महिलाको

प्रतिनिधित्व सुनिश्चित गरेको छ ।

प्रदेश २ अन्र्तगत ८ जिल्लाका १३६ स्थानीय तहमा ६,६२७ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् । यो पटक २६ लाख ६४ हजार ९५० जना मतदाताले भोट हाली जनप्रतिनिधि छान्नेछन् ।

वीरगञ्ज महानगर, जनकपुर, कलैया र जीतपुृर–सिमरा (तीन) उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिकामा चुनाव हुँदैछ । निर्वाचन आयोगले २१६६ मतदान स्थल र ३५७८ वटा मतदान केन्द्र तोकेको छ ।

सात वटा प्रदेश अन्र्तगत ७७ जिल्लाका ७५३ वटा स्थानीय तह मध्ये पहिलो चरणमा वैशाख ३१ गते प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्ला र दोस्रो चरणमा असार १४ गते प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लामा निर्वाचन भैसकेको छ ।

६ वटा प्रदेशको वडा अध्यक्षसहित ६८ जना महिला प्रमुख पदमा निर्वाचित भएका छन् । जसमा ६ जना मेयर,११ जना गाउँपालिका अध्यक्ष र ५१ जना वडा अध्यक्षमा महिला निर्वाचित भएका थिए  ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: