एक महिनामा रामेछापका ३ महिलाको विदेशमा मृत्यु


प्रकाशित मिति :2017-09-08 16:46:25

-अप्रिल अधिकारी

रामेछाप । पछिल्लो एक महिनामा रामेछापबाट वैदेशिक रोजगारीमा गएका ३ जना महिलाको मृत्यु भएको छ । सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्र मन्थलीको तथ्याङ्क अनुसार गएको एक महिनामा ३ जना महिलाको मृत्यु भएको हो ।

रामेछापको दोरम्बा गाउपालिका ३, टोकरपुरकी यमुना खपांगी मगरको साइप्रसमा मृत्यु भएको छ । साइप्रसका्े परालिम्नीको एक स्वीमिङ पुलमा अचेत अवस्थामा भेटिएकी उनको मेडिकल परीक्षण गराउँदा मृत्यु भइसकेको देखिएको थियो ।

त्यसैगरी गुप्तेश्वर गाउँपालिका ६, की सुना तमाङको कुबेतमा ज्यान गएको छ । उच्च रक्तचापका कारण बेहोस बनेकी तमाङको अस्पतालमा उपचारका क्रममा ज्यान गएको परिवार स्रोतले जनाएको छ । यता जिल्लाको गोकुलगंगा गाउँपालिका ५ नामाडी की २५ वर्षीया तारा खड्काको कुवेतमा ज्यान गएको हो ।

मृतक ३ जना मध्ये २ जनाको परिवार सुचना केन्द्रको सम्पर्क आइसकेकोले उनीहरुको शव नेपाल ल्याउन सम्बन्धित निकायहरुमा पहल भइरहेको सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्र मन्थलीले जनाएको छ । मृतक तारा खडकाको परिवारसँग सम्पर्क हुन नसकेको र परिवारसँग सम्पर्कको प्रयास भइरहेको समेत केन्द्रका कार्यक्रम संयोजक दिपक केसीले बताउनु भयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: