‘किन मलाई गर्भमै टुहुरी बनायौ सरकार’


प्रकाशित मिति :2017-09-10 16:03:30

काठमाडौं । मेरो नाम सम्झना घर्तीमगर हो  ।  म अहिले १९ वर्षकी भए । घटना २०५५ साल आसार ३ गते जाजरकाेटको हो । त्यतिबेला माओवादी शसस्त्र द्वन्द्व चलिरहेको थियो । म एक महिनाकी मात्र थिए रे । तत्कालीन शाही नेपाली सेनाले मेरो बुबालाई घरबाटै जबरजस्ती समातेर लगि मारेछन् । बुबाको सासको त के कुरा लास समेत पाइएन ।

महिनादिनको सुत्केरी त्यसमाथि पतिवियोगको अवस्थामा उल्टै मेरी आमालाई सेनाले गालीगलौच र कुटपिट गर्न थालेछ । सेनाको यातना खेप्न नसकेर मलाई छिमेकीकोमा छाडेर मेरी आमा हरेक रात ४ दाजुदिदीहरुलाई लिएर जंगलमा बस्न थाल्नुभएछ ।

मलाई छिमेकीले राती रुँदा भैसीको दूध खुवाएर सुताउँथें रे । यसरी म आमा र बुबाको मायाबाट बन्चित हुँदै गए । म दुई वर्षकी हुँदा मेरी आमालाई पनि सेनाले यातना दिदै मारेछन् । हामी पाँच दिदीभाइ, दाजुबहिनी टुहुरा भयौं ।

मैले आमाबुबाको माया कस्तो हुन्छ कहिल्यै महसुस गर्न पाइन । जब ५÷७ बर्षको भएँ, साथीका आमाबुबाहरुले आफ्ना छोराछोरीलाई गरेको माया देख्दा साह्रै नरमाइलो, एक्लो महसुस गर्न थाले ।

म अरुको घरमा भाडा माझेर, कपडा धोएर बस्थे । जहाँ म काम गर्थें त्यस घरका मान्छेले मलाई जन्मने वितिकै आमाबुबा खाइस टोकसी भन्थें । म पनि मरिहाल्छें भन्थें । अरुको भाडा माझेँरै मैले एसएलसीसम्मको अध्ययन सकाए ।

१३ बर्षपछि मेरो दाजुदिदीसंग भेट भयो । गाउँका सबैले माओवादी भएकै कारण तेरो बुबाआमालाई मारेको भनेर सुनाइरहन्थें । यही कारणले होला दाजुदिदी सवै माओवादीमा लाग्नुभएको थियो ।

दाजुभाईकै सहयोगमा क्याम्पस भर्ना गरे । तर आज खाए भोली के खाने भन्ने चिन्ताले पढाई राम्रो भएन । औपचारिक शिक्षा निरन्तरता दिन नसकेपछि अहिले म नेपालगञ्जको अलाइट हेल्थ कलेजमा इस्कलरसिपमा १२ महिने ल्याप कोर्स गर्दैछु ।

मैले सधैं अभाव नै अभावको जिन्दगी बाँचेकी छु । आमाबुबा भएको भए म जति अभावकै बीचमा भएपनि कमजोर हुने थिइन ।

मैले कतै सुनेकी थिए । मरेको मान्छेलाई खोलामा लग्छन् रे त्यही भएर म रुँदै खोलामा जान्थें र खोलालाई सुनाउथें अरुले मलाई गरेका घृणा र हेलाका कुरा ।

१९ वर्षसम्मको मेरो भोगाई केही मिनेटमा सुनाउन सक्दैन । सायदै कसैले बुझ्लान् पनि । बालअधिकार र मानवअधिकारका कुराहरु धेरै चर्चा गरिन्छ । तर मेरो लागि त कुन चराको नाम हो जस्तै भएको छ ।

सरकारसँग मेरो प्रश्न छ, किन मारियो मेरो आमाबुबालाई? किन मलाई गर्भमै टुहुरी बनाइयो ? सत्यतथ्य जान्न पाउनु मेरो अधिकार हो । मेरो आमाबुबाले हलो जोतेर खानु गल्ती हो ? किसानले कृषि गरेर खानु गल्ती हो ? किन मारियो त्यसको पनि कारण थियो होला सरकारले यसको उत्तर दिनुपर्छ ।

म जस्ता हजारौं बालबालिकाका लागि म न्याय माग्न चाहान्छु  उनीहरु पनि म जस्तै अभाव नै अभावले बाचिँरहेका छन् । उनीहरुका लागि शिक्षा, स्वास्थ्यको ग्यारेण्टी सरकारले गर्नुपर्दछ । हामीलाई पनि अरु सरह बाँच्ने अधिकार दिनुपदर्छ ।

प्रस्तुती : खेमा बस्नेत

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: