जबरजस्ती करणीको आरोपमा पक्राउ


प्रकाशित मिति :2017-09-10 16:06:04

-महिला खबर –

काठमाडौं । बनेपा नगरपालिका ७ मा ५ वर्षीय बालिकालाई जबरजस्ती   करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरिएको छ । सोही स्थानमा डेरा गरी बस्ने तनहुँ सिम्पानी डुम्रे ८ का १७ वर्षीय राकेश बोलखेलाई पक्राउ गरिएको हो । बोलखेलाई पक्राउ गरि थप अनुसन्धान थालिएको बनेपा प्रहरीले जनाएको छ ।

यसैगरि नवलपरासीको प्रतापपुर गाउँपालिकाकी एक जना १४ वर्षीय बालिकालाई बलत्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । सोहि ठाउँ बस्ने वर्ष १८ का मन्नु यादवले जबरजस्ती  करणी गरेको उजुरी परेपछि ईलाका प्रहरी कार्यालय वेलाटारीले पक्राउ गरेको हो ।

प्रहरी निरिक्षक केशव सिहं थापाका अनुसार गत सोमवार बालिकाकी आमा बाख्रा चराउन गएको मौका छोपी यादवले बालिकालाई जबरजस्ती  उखुबारीमा लगेर करणी गरेको परिवारले जानकारी गराएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको निरीक्षक थापाले बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: