पीडाका तीन वर्ष


जुरे पहिरो

प्रकाशित मिति :2017-09-10 16:51:25

महिला खबर /सिन्धुपाल्चोक

1. त्रिपुरासुन्दरी–६ की पुर्णकुमारी खत्री ०७१ को जुरे पहिरोमा सर्वस्व गुमाएर वाँचेकी पहिरो पीडित हुन् । राहत विना नै यति लामो समय गुजारेकी खत्रीले आवास वाहेक अरु केही आश गरिनन् ।

2. परिवारका दुई सदस्य सहित सारा सम्पती पहिरोमा गुमाएकी राम्चे–५ की निमाडोल्मा तामाङ(५१)को परिवार अहिलेसम्म अरुको खेत भाडामा लिएर वसिरहेका छन् । खेतीपाती गरेर जीवन चलाईरहेको तामाङको पहिरो पछि न गरिखाने ठाँउ छ, न त वस्ने आवास नै छ । आयआर्जन गर्ने अवस्था समेत नभएको तामाङको परिवारको आफु वस्दै आएको खेतको भाडा तिर्ने अवस्था छैन ।

3. वलेफी–८ की कन्या तामाङको परिवार नेपाल ओरियन्ट म्याग्नेसाइडको जग्गामा आश्रय लिएर वसेका छन् । पटक पटक जग्गा छाड्न भनेपनि उनको आश्रय लिने ठाँउ नहँदा पीडा सहेर वस्नु परेको छ । वस्ने ठाउँ भए काम गरेर खाने वाटो आफै खोज्थ्यौ ।

माथिका सवाल शनिवार जिल्ला दैवी प्रकोप उद्धार समितिले जुरे पहिरो पीडितको विषयमा आयोजना गरेको कार्यक्रममा उठेको हो । ०७१ साउन १७ गते १ सय ५८ जनाको ज्यान जाने गरि आएको विशाल पहिरोले विस्थापित भएकाहरुको नाममा संकलित रकम वितरणको मापदण्ड बनाउन कार्यक्रम आयोजना गरिएको थियो । पहिरोको कारण २ सय ८० परिवार विस्थापित छन् । विस्थापित परिवारले राहतको रकम भन्दा पनि आफुहरुलाई आवास जरुरत रहेको वताएका छन् । ‘घर भए कमाएर खान्थ्यौ, आफ्नो टेक्ने जमिन छैन ।’ वलेफी–८ का तोकवहादुर तामाङले भने ।

जुरे पहिरो पीडितको नाममा २ करोड २४ लाख रकम जम्मा भएको जिल्ला दैवि प्रकोप उद्धार समितिले जनाएको छ । ‘पीडितको नाममा २ करोड पैसा जम्मा भएको छ, यो रकम पीडितकै चाहान अनुसार पुनस्थापित गर्न सँगै योजना वनाऔ भन्ने उदेश्यले छलफल आयोजना गरिएको हो ।’ दैवि प्रकोप उद्धार समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले भन्नुभयो, ‘पीडितहरुले पैसा वा आवास रोज्नुपर्यो, जिल्लाको संयन्त्रसँग छलफल गरेर तत्काल प्रक्रिया अगाडी वढाईनेछ ।’

विनासकारी भूकम्प र भोटेकोशी वाढीका कारण ओझेलमा परेको जुरे पहिरो पीडितको समस्या घटेको छैन । वलेफी गाउँपालिका प्रमुख केदार क्षेत्रीले पीडितहरुलाई एकीकृत वस्ती वनाईएको खण्डमा आफ्नो गाउँपालिकाले खानेपानी, विजुली, सडक लगायत भौतिक सुविधा प्रदान गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
पीडितहरुको सवालमा वोल्दै वलेफी–८(जुरे)का वडा अध्यक्ष चरीवहादुर तामाङले संकलित रकमा थप गरेर नमुना वस्ती निर्माणको पहल गर्न सरोकारवालालाई अनुरोध गर्नुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: