यस्ता छन् महानगरका उपमेयर उम्मेदवारका एजेण्डा


प्रकाशित मिति :2017-09-11 09:55:36

-महिला खबर-

काठमाडौं । प्रदेश नम्बर २ को एक मात्र महानगरपालिका विरगन्ज महानगरपालिकामा विभिन्न राजनीतिक दलबाट ६ जना महिलाले उपमेयरमा उम्मेदवारी दिएका छन् ।

नेपाली काँग्रेसबाट शान्ति कार्की, नेकपा एमालेबाट सोफिया आचार्य, माओवादी केन्द्रबाट दुर्गा क्षेत्री, संघीय समाजवादी फोरमबाट पिंकी यादव, राजपाबाट रम्भा मिश्र र फोरम लोकतान्त्रिकबाट रिन्कु यादव उपमेयरको प्रतिस्प्रर्धामा उत्रिएका हुन् । उम्मेदवारी दर्ता गरेसँगै सवै नेतृहरु आ–आफ्नो चुनावी एजेण्ड सहित मतदाताको घरदैलोमा पुगेका छन् । आफ्नो योग्यता, योगदान र पार्टीको प्रभावलाई अघि सार्दै सवै नेतृहरुले जितको दावी पनि गरिरहेका छन् ।

‘दाइजो प्रथा अन्त्य गर्छु’

शान्ति कार्की, नेपाली कांग्रेस

यहाँका धेरै महिला दाइजो प्रथाका कारण पीडित छन् । यसलाई हटाउनु नै मेरो मुख्य एजेण्डा हो । नगर विकास भएर मात्र हुँदैन यहाँ रहेको रुढीवादी संकार हट्न सके मात्र विकास हुन्छ । केटाकोे पढाइको आधारमा मुल्यांकन गदै दाइजो मागिन्छ तर महिलाहरु पनि पढेका हुन्छन् । उनीहरुको मुल्यांकन हुँदैन ।

दाइजोकै कारण महिलाहरुले हत्या हुने गरेको छ । दाइजो प्रथा अन्त्य गर्नेका लागि मैले त्यही समाजका मानिसहरुसंग सहकार्य गरेर यो प्रथाको अन्त्य गर्ने अभियान नै सञ्चालन गर्ने छु ।

‘घुम्टोभित्रको समाजलाई बाहिर ल्याउने छु’

सोफिया आचार्य, नेकपा एमाले

विरगन्ज महानगरमा बस्ने सबै नगरबासीलाई सेवा सुविधा प्रदान गर्नेछु । महानगरलाई आधुनिक महानगर बनाउनेमा मेरो जोड रहने छ । सडकको विस्तार, घरघरमा रोजगारी, यातायातको सुविधा जस्ता कुराहरु मैले उपमेयर जितेमा तत्काल कार्यान्वयन गर्नेछु । महानगरका अस्पतालहरु सफा र स्वच्छ हुने छन् । यहाँका महिला घुम्टोभित्र छन् ।

घुम्टोभित्रको समाजलाई बाहिर ल्याउन शिक्षा, जनचेतना, आयमुलक कार्यक्रममा जोड दिन्छु । रुढीवादी, अन्धविश्वासका कारण महिला माथि हुने हिंसा र शोषणलाई हटाउन अभियान नै सञ्चालन गर्ने छु । अहिले पनि महिलाले समान कामको समान ज्याला पाइरहेका छैनन् । त्यसैले महिलाले पनि समान ज्याला पाउनुपर्छ भन्ने कुरा कार्यान्वय गर्ने छु ।

‘महिला हिंसा अन्त्य गर्छु’

दुर्गा क्षेत्री, माओवादी केन्द्र

महिलाले घरेलु तथा समाजिक हिंसा सहदै आएका छन् ।

यसको अन्त्यका लागि चेतनामुलक कार्यक्रम र शिक्षामा मेरो जोड हुने छ । चेतनामुलक कार्यक्रम गर्नेका लागि महिला क्लबको स्थापना गर्ने छु । साथै घरघरमा बुद्धाभत्ता पु¥याउने व्यवस्था गर्ने छु ।

‘महिलाको शिक्षामा जोड दिन्छु’

रम्भा मिश्रा, राजपा

मधेसी महिलाहरु धेरै पीडित छन् । उनीहरु पढ्न नपाउदा आफ्नो अधिकारबाट बन्चित हुँदै आएका छन् । अशिक्षाकै कारणले आत्मसम्मानसम्म पाउन सकेका छैनन् ।

उनीहरुका लागि छात्रवृती तथा निशुल्क शिक्षाको व्यवस्था गर्ने छु । मधेसी महिलाको लागि दाइजो प्रथा एक अभिसाप हो ।

दाइजो प्रथाकै कारण छोरीको भ्रूण हत्या हुन्छ । यसको अन्त्यको लागि पनि जनचेतनामुलक कार्यक्रम गर्ने छु ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: