छोरी जन्माउने दम्पत्तीलाई तीन हजार पुरस्कार


प्रकाशित मिति :2017-09-11 13:06:05

महिला खबर

सुनसरी । पहिलो सन्तान छोरी जन्माउने दम्पत्तीलाई विराटनगर महानगरपालिकाले तीन हजार रुपैयाँ प्रोत्साहन पुरस्कार दिइने भएको छ ।

महानगरका मेयर भीम पराजुलीका अनुसार ‘छोरी बचाउ अभियान’लाई प्राथमिकतामा राख्दै विराटनगर महानगरको पहिलो नगर परिषदले पहिलो सन्तान छोरी जन्माउने दम्पत्तीलाई तीन हजार रुपैयाँ पुरस्कार दिने निर्णय गरेको हो ।

यसैगरि परिषदले ९० वर्ष माथिका जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्तामा मासिक एक हजार थप गर्ने निर्णय पनि गरेको छ । ९० वर्षमाथिका जेष्ठ नागरिकलाई घर घरमै चिकित्सक लगेर स्वास्थ्य सेवा दिइने भएको छ ।

परिषदले चालु आर्थिक वर्ष २०७४÷२०७५ का लागि तीन अर्ब ३८ करोड ८९ लाखको आयव्यय पारित गरेको छ । महानगर तर्फ १ अर्ब ७४ करोड ८९ लाख तथा मझौला शहर वातावरणीय सुधार परियोजना र क्षेत्रीय शहरी विकास परियोजना तर्फ १ अर्ब ६४ करोड रुपैयाको अनुमानित आयव्यय बजेट पारित भएको पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: